उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेट गर्नुभएको छ ।
एमाले ताप्लेजुङको अधिवेशन वैशाख अन्तिम साता
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशन वैशाख अन्तिम सातामा हुने भएको छ। एमाले जिल्ला कमिटी सचिवालय बैठकले वैशाख २४ र २५ मा १२ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।
भूमिसम्बन्धी समस्या समाधान हुन्छ: मन्त्री अधिकारी
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
‘प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएका हौँ ’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताउनुभएको छ ।
‘नयाँ गठबन्धन निरन्तर जान्छ’
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताउनुभएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने जिकिर गर्नुभयो ।
हाम्रो सहयात्राले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्छ : सांसद पौडेल
नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने बताउनुभएको छ।
महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुख भेटवार्ता
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गर्नुभएको छ ।
छ मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेललाई
बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस अलग्गिएसँगै कांग्रेसका मन्त्रीहरूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारीसमेत मुख्यमन्त्री शालिकराम जम्कट्टेलमा आएको छ ।
शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदहरू सरकारलाई सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरुले सरकारमा अनुहारमात्र परिवर्तन भएर नहुने भन्दै जनताले अनुभव गर्ने गरी काम गर्न सुझाव दिनुभएको हो ।
अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने
आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
कांग्रेस अब रचनात्मक प्रतिपक्षमा
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ ।
‘मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा
नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । प्रदेश सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।
अन्योलमा गण्डकीको सत्ता-राजनीति
केन्द्रमा भएको सत्तासमीकरण परिवर्तनको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई पदमुक्त गरेको भोलिपल्ट बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
रुस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रुसी सरकारलाई गराइसकिएको र रुस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताउनुभएको छ ।
‘मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता
नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा पर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) ले दिएको समर्थन बिहीबार फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
नवगठित मन्त्रिपरिषद् बैठक : यी हुन दुई निर्णय
नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।
प्रदेश प्रमुखद्वारा मन्त्रीपरिषद्को कार्य विभाजन
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशमा मौजुदा मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नु भएको छ ।
काँग्रेस संसदीय दलको बैठक बस्दै
आज काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा संसदमा प्रश्तुत हुने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।
आज प्रतिनिधि र राष्ट्रिय सभा बैठक बस्दै
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि तय भएको छ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१७ बजे बस्ने गरी तय भएको छ ।