आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
‘सुशासनका निम्ति वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुनुपर्छ’
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सुशासनका निम्ति वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ती छानविन हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेजमा छलफल गर्ने नेकपा एसको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्ताबेज प्रस्तुत निर्णय गरेको छ ।
‘पक्राउ परेका मिटरब्याजी पीडितलाई रिहा गर’
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा उहाँले सो माग गर्नुभएको हो ।
विकासको कामले सिंहदरबार तात्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो सङ्केत नभएको बताउनुभएको छ ।
जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराइने
“पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारबाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । यसको असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरूरी छ ।”
विनियोजित बजेट खर्च नहुने समस्या विकराल
राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले देशमा राजश्व सङ्कलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रियसभामा छवर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत
राष्ट्रियसभा बैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लाग्नुभएका सांसदले आफ्नो अनुभव राखिरहनुभएको छ ।
राष्ट्रियसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठक बिहान ११ बजेदेखि सुरु भएको हो ।
राष्ट्रियसभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
बागमती प्रदेशसभा बैठक आज बस्दै
बागमती प्रदेश सभाको बैठक बिहीबार बस्दै छ । बुधबार बिहानका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।
देश बनाउन इमान्दारिता र सुशासन चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि इमान्दारिता र सुशासन आवश्यक रहेको बताउनुभएको छ । बुधबार सुनसरीको इनरुवामा एमालेको कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उपनिर्वाचन : फागुन २८ गते मतदाता नामावली प्रकाशन हुने
निर्वाचन आयोगबाट वि.स २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ ।
विधायन समितिमा सम्पत्ति शुद्धीकरण विधेयकमा गहन छलफल
राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि दफावार छलफल भएको छ ।
चुँदीरम्घालाई राष्ट्रिय एकता र तीर्थस्थल बनाउन जोड
राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिङ्गो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नुपर्ने साहित्यिक तीर्थस्थलका रूपमा विकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताउनुभएको छ ।
अदालती प्रक्रियाबाट मिटरब्याज पीडितको समस्या समाधान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताउनुभएको छ ।
संसद् र संसदीय समितिको निर्देशन कार्यान्वयनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।
‘चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रबर्द्धन गर्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको बताउनुभएको छ ।
गण्डकी प्रदेशसभामा एमालेका तीन सङ्कल्प प्रस्ताव
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बिहान तीन वटा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।
माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्माको असहमति
नेकपा (माओवादी केन्द्र) ले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो ।
बिर्तामोड उवासङ्घको निर्वाचनमा न्यौपाने विजयी
बिर्तामोड उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित हुनुभएको छ । मतगणनाको बुधवार अन्तिम मतपरणिाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।