राजा वीरेन्द्रको जन्मजयन्तीमा योगदानको चर्चा
राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा उहाँबाट देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे चर्चा गरिएको छ । राप्रपा नेपालद्वारा आज यहाँ आयोजित स्व.वीरेन्द्र : बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिकमाध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवी प्रवर्द्धनमा उहाँको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
अर्थमन्त्रीद्वारा मुलुकको आर्थिक अवस्थाबारे कांग्रेस केन्द्रीय कार्यसमितिलाई जानकारी
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराउनुभएको छ ।
बालकुमारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न जसपाको माग
जनता समाजवादी पार्टी (जसपा) नेपालले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरूले शुक्रबार बालकुमारीमा गरेको आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको निधन भएको घटनामा सत्य तथ्य छानबिन हुनुपर्ने र दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हकअधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताउनुभएको छ ।
बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय
सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ।
गैरिटाँड-कमलबजार-बासकाँडा सडकको शिलान्यास
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली-चिसापानी-जङ्गलघाट-बडिमालिका-गैरिटाँड-कमलबजार-बास्काँडा सडकअन्तर्गत (गैरिटाँड-कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गर्नुभएको छ ।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।
विकास आयोजना समयमै सम्पन्न गर्न निर्देशन
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ ।
बालकुमारी घटनाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिनुभएको छ ।
सङ्घीय ऐनलाई टुङ्गोमा पुर्याउँछु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेशका मुख्यमन्त्रीहरूले भेट गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै अधिकार माग गर्दै असन्तुष्ट प्रदेशका मन्त्रीहरूले शनिवार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।
माओवादीको अभियान समापन हुँदै
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३ वडामा एकै पटक सुरु भएको थियो । तर सात प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास समन्वय तीन गैरभौगोलिक प्रदेशले केन्द्रको निर्देशनबमोजिम आआफ्नो अनुकूलतामा समापन गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा धारणा बुझाउने
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हेटौँडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटगरी साझा धारणा बुझाउने भएका हुन् ।
अराजकता स्वीकार्य छैन : सञ्चारमन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताउनुभएको छ ।
डेडिकेटेड लाइनबारे उच्चस्तरीय आयोग बनाउन अध्यक्ष ढकालको माग
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
बालकुमारी घटनाको छानबिन गर्न समिति गठन
कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा’
खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याइने बताउनुभएको छ ।
ललितपुर प्रदर्शन : गृह मन्त्रालयले बनायो छानबिन समिति
गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शन, तोडफोड र आगजनीको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।
माइतीघर निषेधाज्ञाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बालकुमारीका प्रदर्शनकारीको विषयप्रति गम्भीर बन्न कांग्रेसको माग
नेपाली कांग्रेसले बालकुमारीमा प्रदर्शनकारीले उठाएको विषयप्रति गम्भीर बन्न सरकारसँग माग गरेको छ।
अङ्कमा आधारित कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागू गर्न मन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयअन्तर्गतका निकाय र महाशाखाहरुको कार्यसम्पादन मूल्याङ्कन प्रभावकारी बनाउन अङ्कमा आधारित नजिता प्रणाली लागू गर्ने बताउनुभएको छ ।
दमक-चिसापानी सडकको एक वर्ष म्याद थपिने
पुस मसान्तमा काम सक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनः एक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।
‘सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नुपर्छ’
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयतालाई दिगो र सबल तुल्याउन सङ्घीय सरकारले प्रत्येक प्रदेश सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजित गर्नुपर्ने बताउनुभएको छ ।