भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप काम अगाडी बढाएको छु : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप प्रदेश सरकारले आफ्नो कामकाज अगाडी बढाएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेल तनहुँ आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल यही पुस २० गते गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलको दोस्रो पटकको गृह जिल्ला आउन लाग्नुभएको हो ।
प्रतिस्पर्धामा अब्बल हुन टेलिकमका व्यवस्थापकलाई मन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
भारतीय विदेशमन्त्री नेपाल आउँदै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा. एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ ।
इन्जिनियरले सातौँ तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्थाका लागि पहल गर्छु : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरले निजामती सेवामा सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताउनुभएको छ ।
पुस २० गतेदेखि पाँच दिनसम्म धरान उत्सव
धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा पाँच दिन धरान उत्सव मनाइने भएको छ।
अघिल्लो भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माण गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटक-पटकमा भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय अधिवेशन टीकापुरमा हुने
नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ । पार्टीले पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने जनाएको छ ।
आर्थिक सबलीकरणका लागि आकस्मिक योजना
मुलुकमा अस्थिर अर्थ–राजनीति हुँदा विकासले गति लिन सक्दैन । नेपालले राजनीतिक फड्को जसरी मार्न सक्यो, आर्थिक विकासमा अपेक्षाकृत फड्को मार्न नसक्दा जनतामा राज्य प्रणालीप्रति आउन सक्ने असन्तुष्टीप्रति समयमै राजनीतिक दलहरुले गम्भीरता देखाउन ढिला गर्नु हुँदैन ।
इञ्जिनियर राष्ट्र निर्माणका संवाहक हुन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउनुहुँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका आकांक्षी उम्मेदवार धेरै
सुदूरपश्चिममा तीन पदका लागि नेपाली कांग्रेसले ८२ जना र नेकपा (माओवादी केन्द्र)ले २१ जनाको नाम पार्टी केन्द्रमा सिफारीस गरेको छ ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस
न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपतिक निर्वाचन प्रणाली अबको आवश्यकता : सांसद ज्ञानु बस्नेत
२०७९ सालमा सम्पन्न निर्वाचनपश्चात् नयाँ संसद् गठन भएको करिब एक वर्ष पुग्नै लागेको छ । यस अवधिमा संसद्ले जति काम गर्न सक्नुपथ्र्यो, त्यति हुन सकेको छैन । तर पनि धेरै काम भएका छन् ।
जनसङ्ख्या नियन्त्रण होइन, व्यवस्थापन गर्नुपर्ने
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले जनसङ्ख्या वृद्धिदर घट्दै जानु मुलुकको हितविपरीत भएको धारणा अगाडि सारेको छ । पछिल्लो तथ्याङ्क अनुसार मुलुकको जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत छ । विश्वव्यापी मान्यता अनुसार जनसङ्ख्या वृद्धिदर एक प्रतिशतबाट तल झर्नुलाई खतराको सूचक मानिन्छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठक बस्दै
नेपाल–भारत संयुक्त आयोगको बैठक आउँदो बिहीबार नेपालमा बस्ने भएको छ । कोभिड महामारीका कारण विगत दुई वर्ष बैठक हुन सकेको थिएन । दुई वर्षअघि २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक यो यस पटक काठमाडौँमा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा हुने बैठकले प्रधानमन्त्रीस्तरमा हुने भ्रमण र सहमति जत्तिकै महत्व राख्छ ।
‘मन्त्रीपरिषद् पुनर्गठनको तयारी’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यशैली परिवर्तन गरेर नतिजामुखी काम गर्न मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्रीले त्यसको सङ्केत सरकारको कार्यकालको एक वर्ष पुग्दा नै दिइसक्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले मङ्गलबार मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको जानकारी दिनुभयो ।
सङ्घीयतालाई बदनाम गर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न तवरले सङ्घीयतालाई बदनाम गर्ने प्रयास भइरहेको बताउनुभएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार भएको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
खप्तडको विकासमा सबैले सहयोग गर्नुपर्ने
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जलविद्युत, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताउनुभएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर कार्यकक्षमा राख्न राईलाई दबाब
धरान उपमहानगरपालिकामा नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा राजनीतिक दलका भातृ सङ्गठनले पुनः राख्नको लागि शान्तिपूर्ण दबाब दिएका छन् ।
जनतासँगको अभियानले जनतामा आशाका झिल्का पैदा भयो : माओवादी
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ ।
सुदूरपश्चिममा विकासको ढोका खुलेको छ : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभूत तत्त्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ ।
महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा हुनुहुन्छ : प्रवक्ता सापकोटा
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारका कामलाई अझ प्रभावकारी बनाउने योजनामा रहनुभएको जनाएको छ ।
शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा : राष्ट्रपति
काठमाडौं महानगरपालिकाद्वारा मङ्गलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो ।