अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अस्वभनीय : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताउनुभएको छ ।
कांग्रेस तनहुँ जिल्ला सम्मेलनको तयारी पूरा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर सोमबार तनहुँ आउनुहुने भएको छ । सभापति देउवा दमौलीस्थित बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेस तनहुँको जिल्ला सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
नेपालले करिब डेढ दशकअघिदेखि उठाउँदै आएको हिमालको मुद्दा यसपटक स्वीकृत भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा यो मुद्दालाई महत्वका साथ समावेश गरिएको छ ।
स्वास्थ्य बीमाका कार्यकारी निर्देशकलाई निलम्बन गर्ने निर्णय सर्वोच्चद्वारा बदर
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
गणतन्त्रको विकल्प सुधारसहितको गणतन्त्र हो : उपमहासचिव पुन
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको ओकालत गर्नु जायन नहुने बताउनुभएको छ ।
सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ ।
बालुवाटारमा शीर्ष नेताबिच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम
‘सांसदसँग रासस संवाद’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्वीकार वा अस्वीकार गर्ने परिपाटी र संस्कारको अन्त्य हुनुपर्छ ।”
संविधान र कानुन कार्यान्वयनमा फड्को
प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यो अवधिका बारेमा सरकारले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । सरकारका तर्फबाट जारी प्रगति विवरण आफ्नो ठाउँमा सही होला । सरकार बाहिरबाट आमजनताका दृष्टिमा त्यसमा पनि संविधान र कानुनको कार्यान्वयनका दृष्टिमा सरकार कस्तो रह्यो समीक्षा गर्ने प्रयत्न यस आलेखमा गरिएको छ । सरकारको प्रगति विवरण यसका आधारमा बजारमा सरकारका सफलता र असफलताको मापन र आकलन भइराखेको छ । यसै सेरोफेरोमा संविधान कार्यान्वयनका दृष्टिमा सरकारका एक वर्षको आकलन गर्ने यस आलेखको आशय हो ।
कर्णाली विकासका लागि सबैसँग सहकार्य गर्छौं : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समाजिक संघसंस्थासँग सहकार्य गरेर समाजमा रहको समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताउनुभएको छ ।
लुम्बिनीमा थपिए दुई मन्त्री
लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री मण्डल विस्तार गर्नुभएको छ ।
संविधानको संशोधन कांग्रेसले गर्ने छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराउनु भएको छ ।
जनतामा बढेको निराशा लोकतन्त्रका लागि खतरा : सांसद गैरे
तिनिधि सभाका सदस्य ठाकुर गैरेले जनतामा बढेको निराशा लोकतन्त्रका लागि खतरा रहेको बताउनुभएको छ। भ्रष्टाचार, बेतिथि र तस्करीका कारण जनतामा निराशा बढेकाले जनतामा बढेको निराशालाई हटाउतर्फ सबै लाग्नुपर्ने विचार राख्नुभयो।
बहुमत ल्याउन कांग्रेसलाई कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याउनु भएको छ।
समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
जनताले परिवर्तन खोजेका छन् : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको राजनीतिक परिवर्तन ठुलो त्यागबाट आएको जनाउँदै अबको यात्रा सहज बनाउन पनि त्याग नै जरुरी हुने बताउनुभएको छ। पोखराको जिरो किलोमिटरमा पार्टीको गण्डकी प्रदेश कार्यालय उद्घाटनपछि उहाँले यस्तो बताउनुभएको हो।
संसदबाट सम्भव नभए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउँछौँ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याउने बताउनुभएको छ ।
विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनः स्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताउनुभएको छ ।
कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ ।
सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सीमा विवाद समाधान गर्न सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबिच छलफल
सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबिच छलफल भएको छ ।
डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौँ उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताउनुभएको छ ।
मुलुकको तीव्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
लक्ष्मणबहादुर कर्माचार्यप्रति अन्तिम श्रद्धाञ्जली
नेकपा माओवादी केन्द्रका समर्थक श्रद्देय लक्ष्मणबहादुर कर्माचार्यको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ ।