काठमाडौं, फागुन ३ गते । यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई लिएर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा ललितपुरस्थित सानेपामा रहेको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता बनाएको छ ।
गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।