माओवादीमा आन्तरिक निर्वाचनको माग
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टीमा आन्तरिक निर्वाचनको आवाज उठेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर युवालाई आकर्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
रामग्राम गुरुयोजना प्रकरण : सरकारको सहमतिबिनै सम्झौता
रामग्राम गुरुयोजना कार्यान्वयनका लागि नेपाल सरकारबाट स्वीकृति नपाउँदै लुम्बिनी विकास कोष र एक निजी कम्पनीबिच परियोजनाको अध्ययन तथा अनुसन्धानको समझदारी भएको पाइएको छ । गुरुयोजना कार्यान्वयन सम्झौता नभएको दाबी कोषले गरे पनि द प्रमिस्ड ल्यान्ड नामको निजी कम्पनीसँग भएको समझदारीमा आर्थिक स्रोतको खोजी गरी परियोजना सञ्चालनको अधिकार भने दिइएको छ । कोषले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई पठाइएको कागजातमा पनि समझदारीलाई अवधाराणात्मक सम्झौताको दाबी गरिएको छ । गत कात्तिक १३ गते कोष र कम्पनीबिच समझदारी भएको थियो ।
सङ्घीय निजामती सेवा विधेयक,पेचिला विषय अझै सुल्झिएनन्
सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई सरकारले संसद्मा दर्ता गर्ने तयारी गरे पनि पेचिलो बनेका मस्यौदाका कतिपय विषय भने अहिले पनि यथावत् नै छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदामा यसअघि सरोकारवालासँग छलफल गरे पनि कतिपय विषय अहिले झनै पेचिलो बन्दै गएका छन् । यसअघि २०७६ सालमा विधेयकको मस्यौदा संसद्मा दर्ता हुँदा सहमति हुन नसकेका कतिपय विषय अहिले पनि यथावत् नै रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यो देश हात्ती र बाँदरको पनि हो : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हामी जे बोल्छाँै त्यो पूरा गरौं र पूरा गर्ने मात्र बोल्नु पर्ने बताउनु भएको छ ।
माओवादीको बैठक : विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई
नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ।
लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संंशोधनका लागि गरियो सिफारिस ?
आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ ।
सागर र हिमालका समस्या समाधानमा एकीकृत प्रयास गर्नुपर्ने
परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले नेपालको विकास आकाङ्क्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै यो हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ ।
‘दलको कमजोरीका कारण राजावादी मौलाए’
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तामा बसेका पार्टीहरूले राम्रोसँग काम गर्न नसक्दा राजावादीहरू मौलाइरहेको बताउनुभएको छ ।
अधिकारको पक्षमा सङ्घर्षरत सबै गोलबन्द हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ ।
जिल्लाका समस्या समाधान गर्न पालिका प्रमुखहरूको प्रतिबद्धता
जिल्लाका सबै पालिकाबिच समन्वय गरेर अघि बढ्न पालिका प्रमुखले ऐक्यबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको सातौँ जिल्ला सभामा पालिका प्रमुखले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाउनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारण सभाको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सूचनाको हक कार्यान्वयनमा मुख्यमन्त्रीको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूचनाको हक कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गाईघाटमा मेडिकल कलेज सञ्चालन गरिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीद्वारा शुभकामना
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम सरकारद्वारा एक वर्षको प्रगति विवरण सार्वजनिक
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
बजेटमा सांसदलाई विभेद गरिनु भएन : सांसद तिमलसेना
संसद्को अघिल्लो अधिवेशनबाट नागरिकता विधेयक र मिटरब्याजसम्बन्धी विधेयक मात्र पारित भए । अबको अधिवेशन प्रभावकारी हुन्छन् र पर्याप्त कानुन बनेर आउँछन् भन्ने विश्वास छ ।
अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक छ : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताउनुभएको छ ।
गरिबलाई परिचयपत्र वितरण गरिँदै
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरूको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताउनुभएको छ ।
कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताउनुभएको छ ।
चाडपर्व संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउँछ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सबै समुदायले आफ्ना मौलिक परम्परागत चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
एमाले महोत्तरी जिल्ला अध्यक्षमा यादव विजयी
नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्षमा बलराम यादवको प्यानल विजयी भएको छ । १३ वर्ष पश्चात् भएको एमाले महोत्तरीको छैंठो जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि भएको मतदान भएको थियो ।
एक अर्काको संस्कृतिको सम्मान गर्नु हाम्रो विशिष्ट पहिचान : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना दिनुहुँदै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको बताउनुभएको छ ।
निष्ठावान् नेता कोइराला
संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौँ स्मृति दिवसमा शुक्रबार देशभरि श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । कांग्रेसले केन्द्रीय कार्यालय सानेपासहित सातै प्रदेश र ७७ जिल्लामा पूर्वसभापति कोइरालाको स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरेको हो । २०७२ मा संविधान जारी गर्दा प्रधानमन्त्री रहनुभएका स्वर्गीय कोइरालालाई ‘संविधानका पिता’ उपनाम पनि दिइएको छ । राजनीतिक दलका नेताहरूले तत्कालीन प्रधानमन्त्री कोइरालाको शालीन, सरल र सिद्धान्तप्रति निष्ठावान् छवि अनुकरणीय रहेको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।