कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीको शपथ : सरकारले पायो पूर्णता
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ। शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो।
नयाँ दलबाट संविधानमाथि प्रहार भइरहेको छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलबाट संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिने
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गरिने बताउनुभएको छ ।
राजनीति ठीक नभई अरु क्षेत्र सुध्रिFदैन : उपाध्यक्ष पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको समृद्धिका लागि सबैभन्दा पहिले राजनीति ठीक हुनुपर्ने बताउनुभएको छ ।
वडाध्यक्षविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भारतले नेपालसँग अझै बलियो सम्बन्ध बनाउन चाहेको छः सभापति यादव
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषदमा विचाराधीन रहेको बताउनुभएको छ ।
महासमिति बैठकबारे जनसम्पर्क समिति पदाधिकारीसँग नेता महरको संवाद
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका जनसम्पर्क समितिका पदाधिकारीसँग भर्चुअल संवाद सुरु गर्नुभएको छ ।
हेटौँडा उपमहानगरको कार्यपालिका बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण
हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गरेको छ।
सभापति देउवाको आक्रोश : मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् !
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
‘सकारात्मक नतिजाका लागि दृढताका साथ प्रण गरौँ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले अघि बढाएका कार्यक्रमलाई निर्धारित समयभित्रै सम्पन्न गर्नेतर्फ मातहत निकायका प्रमुखलाई निर्देशित गर्नुभएको छ ।
विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम तत्काल अगाडि बढाउने बताउनुभएको छ ।
बागमती प्रदेश : संसद अधिवेशन बोलाउन एमालेको माग
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गर्नुभएको छ । एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गर्नुभएको हो ।
आगामी बजेट रोजगारी सिर्जनामा केन्द्रित हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ ।
कोशी सरकार र पहिचान पक्षधरबिच सहमति
कोशी प्रदेश सरकार र प्रदेश १ को पुनः नामकरण संयुक्त सघ्घर्ष समितिबिच भएको वार्तामा आज पाँचबुँदे सहमति भएको छ ।
समायोजनको प्रक्रिया टुङ्ग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्छौं : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताउनुभएको छ ।
बजेटमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
कांग्रेस महासमिति बैठकलाई प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमिति गठन
नेपाली कांग्रेसले महासमिति बैककलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरेको छ ।
प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन : सांसद पोखरेल
सरकार र जनप्रतिनिधिबीच सार्थक संवाद भई जनताका आवाजको उचित सम्बोधन गराउने मुख्य थलो हो, संसद् । यसैमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र संस्थागत बनाउन सकिन्छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन मनाइने
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी एमाले दोलखाको १० औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
हिउँदे अधिवेशन आह्वान अझै अन्योल
चार महिनादेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै बागमती प्रदेशसभामा प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गर्नुभएको छ । गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन ।
राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ।