प्रदेशमा पनि सुरक्षण मुद्रणको सुनिश्चितता गर्नुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकबाट प्रदेशका विषयवस्तुहरु हटाएर प्रदेशको अधिकार स्थापित गराउनुपर्ने बताउनुभएको छ ।
गाउँसभामा आठ वटा विधेयकको मस्यौदा प्रस्तुत
कैलारी गाउँपालिकाको आज (सोमबार) बसेको गाउँसभाको बैठकमा आठ वटा विधेयकको मस्यौदा प्रस्तुत गरिएको छ ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सांसदसँग कानुन मन्त्रीको छलफल
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूसँग छलफल गर्नुभएको छ ।
सवारी दुर्घटनासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता
राष्ट्रिय सभामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।
सङ्घीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्छ : एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान
निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।
संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने तयारीमा एमाले
सङ्घीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरु हुँदैछ । सो दलका सचेतक महेश बर्तौलाले आइतबार सम्पन्न दलको बैठकमा सो निर्णय भएअनुसार निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले चालु अधिवेधनका बैठकहरुमा विगतमा भन्दा अझ सशक्त र प्रभावकारीरुपमा प्रतिपक्षको भूमिका निर्वाह गरिने बताउनुभयो ।
सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्नुहोस्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
समुदायमा कांग्रेस : केही भएन भन्ने भाष्य अलोकतान्त्रिक तत्वले निर्माण गर्न खोजे
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकमा केही भएको छैन भन्ने भाष्य अलोकतान्त्रिक तत्वले निर्माण गर्न खोजेको बताउनुभएको छ ।
बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिनुभएकोे छ ।
कार्यतालिकामा चलाउने तयारी
सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन प्रारम्भ हुन लागेको हो । हिउँदे अधिवेशनमा यस पटक विधायिकी कार्यसँगै बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने छ । पहिलो पटक कार्यतालिकामा आधारित भएर अधिवेशन चलाउने तयारी संसद्ले गरेको छ । संसद् सचिवालयले अधिवेशनको सबै तयारी पूरा भइसकेको जनाएको छ । अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची दुवै सदनले तय गरिसकेका छन् । कार्यव्यवस्था परामर्शको सुझावका आधारमा तयार सम्भावित कार्यसूची अन्तिम भने भइसकेको छैन ।
उपनिर्वाचनको तयारीबारे छलफल
निर्वाचन आयोगले उपनिर्वाचनको तयारीबारे दुई जना उपप्रधानमन्त्रीसँग छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्तले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधामन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारस्थित उहाँहरूकै कार्यालयमा छलफल गर्नुभएको हो ।
संसदमा गहकिलो बन्न निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत कुराको आलोचना र विरोध गर्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । पार्टी संसदीय दलको बैठक समापन गर्नुहुँदै उहाँले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो । उहाँले सदनमा सांसदले बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसद्को रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था रहेकाले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने उल्लेख गर्नुभयो ।
सेनाले सञ्चालन गरेका विकास आयोजनाको प्रगति सन्तोषजनक : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षामन्त्रालय र नेपाल सेना अन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताउनुभएको छ ।
जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताउनुभएको छ।
विकासको मान्यताअनुसार अघि बढौँ : प्रमुख मिश्र
मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस प्रदेश सङ्घीयताको जननी भएकाले विकास निर्माणको काममा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
सोमबारदेखि संसद्को हिउँदे अधिवेशन : कुन दलको तयारी के छ ?
सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। संसद्को हिउँदे अधिवेशन सुरु हुने पूर्वसन्ध्यामा दलले आ–आफ्नो तयारी पनि गरिरहेका छन्।
सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ।
'कांग्रेस सुधारमा युवा नेतृत्व आवश्यक'
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई सुधार गरेर अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।
संसद्को तेस्रो अधिवेशनको पूर्व तयारीबारे सभामुखको चासो
सभामुख देवराज घिमिरेले सोमबारदेखि सञ्चालन हुने संसद् अधिवेशनको पूर्व तयारीकोमा जानकारी लिनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको बैठक कक्षामा पुगेर पूर्व तयारीको बारेमा जानकारी लिनुभएको हो ।
उपप्रधानमन्त्री खड्कासँग उपनिर्वाचन सम्बन्धमा आयोगको छलफल
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ।
आदिवासीको ज्ञान र सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवम् प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गर्ने बताउनुभएको छ ।
कांग्रेसको महासमिति बैठक व्यवस्थित बनाउन उपसमिति गठन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि आज विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिनु भएको छ ।
माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण
माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुग्नुभएका थापालाई कांग्रेस माडी नगरसमितिले विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सीमानाका माडीबाट गराउन पहलकदमी गरिदिन आग्रह गरेको हो ।