राष्ट्रियसभाको सम्भावित कार्यतालिका स्वीकृत
राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।
भारतसँगको विद्युत् व्यापार सम्झौतामा सर्वोच्चले माग्यो एमीकस क्युरी
सर्वोच्च अदालतले भारतसँगको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका विषयमा सुनुवाइ गर्दै एमीकस क्युरी माग गरेको छ ।
बैंकहरु विकासमा सहयोगी हुनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु विकास अभियानमा सहयोगी हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय बैंकलाई समेत मिटरब्याजी भएको आरोप लाग्नु दुःखद भएको उहाँले चर्चा गर्नुभयो ।
राज्यलाई लुट्ने छुट कसैलाई छैनः गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक व्यवस्था फेरिए पनि जनताको अवस्थामा परिवर्तन नभएको र सुशासनमा केही चुनौति देखिएको बताउनुभएको छ ।
जनताको समस्या राजनीति एजेण्डा बन्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ ।
शान्ति प्रक्रियाका बाँकी काम सबैको सहमतिमा पास गर्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताउनुभएको छ ।
प्रदेश सरकारको लगानी सम्मेलन असोजमा स र्याे
सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुनमा आयोजना गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलन असोजमा सरेको छ ।
आइएफआरसीको महासचिवमा पुनः चापागाईं
विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हाल्नुभएको छ । उहाँ दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ ।
निर्वाचन प्रणाली खर्चिलो भएकाले महिलाको उम्मेदवारी कमजोर : सांसद थापा
ङ्घीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो । संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो । कानुन निर्माणको दृष्टिकोणबाट पहिलो एक वर्ष सोचेजस्तो भएन । एक वर्षमा एउटा मात्रै कानुन पारित भयो ।
रास्वपाको संसदीय दलको बैठक बस्दै
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
काँग्रेस संसदीय दलको बैठक बस्दै
सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे संसद् भवनमा बस्न लागेको हो ।
आयोजना प्रक्रियागत रुपमा छनौट हुनुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ र प्रदेशका जनप्रतिनिधिको सम्मानलाई ध्यान दिएर पालिकामार्फत हुने विभिन्न विकासका गतिविधिमा जोड्ने विकल्प खोजिरहेको बताउनुभएको छ ।
विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल
राष्ट्रिय सभा, प्रत्याजित व्यवस्थापन समितिले ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०८० माथि दफावार छलफल गरेको छ ।
‘मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक छ’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक रहेको बताउनुभएको छ ।
उद्योगमन्त्रीको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय
सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।
प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्रीको क्रियाशीलता: १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर
विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरुपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ ।
राजनीतिक दलसम्बन्धी विधेयक सङ्घीय संसदमा दर्ता
सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गराएको छ ।
कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिका निष्ठा र त्यागको प्रतिमूर्ति : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्व प्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताउनुभएको छ ।
सुरक्षण मुद्रणको काम नेपालमै गर्नसके राजश्वको ठुलो हिस्सा बाहिर जाँदैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको छ ।
सांसद नेम्वाङको स्वास्थ्यमा सुधार : आईसियुमा उपचार हुँदै
पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्।
प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्री, १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर
विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ ।
जनताका कुरा सुन्न समुदायमा कांग्रेस अभियान : कांग्रेस केन्द्रीय सदस्य डा. सङ्ग्रौला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले जनताका कुरा सुन्नका लागि समुदायमा कांग्रेस अभियानको सुरु गरिएको बताउनुभएको छ ।
निर्यात व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढी
नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ ।