लोकतान्त्रिक गणतन्त्र वैज्ञानिक र अग्रगामी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताउनुभएको छ ।
लोकतन्त्र रक्षा गर्न बेलैमा सचेत बनौँ : कृष्ण पहाडी
मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्र रक्षाका लागि बेलैमा सचेत रहन दलहरूलाई आग्रह गर्नुभएको छ । लोकतन्त्र रक्षाका लागि दलहरू नलाग्ने हो भने लोकतन्त्र गुम्ने र उनीहरूलाई इतिहासले क्षमा नगर्ने उहाँको कथन छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) पार्टीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।
बजेट कार्यान्वयनका लागि सचिवहरूलाई निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न प्रदेश सरकार मातहतका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
एनसेल शेयर बिक्री सम्बन्धी समाचारमा प्रधानमन्त्री प्रचण्डको चासो
एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चासो व्यक्त गर्नुभएको छ।
सुधार केन्द्रलाई सहयोग गर्ने मन्त्रीको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले लागूऔषध दुर्व्यसनी राख्न स्थापना भएको आसरा सुधार केन्द्र सञ्चालनमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ ।
राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही हुन् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय व्यवस्थाको विरुद्धमा गएर राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही भएको बताउनुभएको छ ।
औद्योगिक राष्ट्रको कार्बन उत्सर्जनका कारण नेपालले विपद् भोग्नुपरिरहेको छ : उर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताउनुभएको छ ।
पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ ।
देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले देशको रूपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ ।
जसपाका अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली अर्पण
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाँकेको नरैनापुर पुगेर मुस्लिम सुफी मुस्ताक अहमद शाहको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै उहाँको परिवारलाई समवेदना प्रकट गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु
पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का संयुक्त राष्ट्र संघको आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज घाना प्रस्थान गर्नुभएको छ ।
जलवायु सम्मेलनः विश्व समुदायको प्राथमिकतामा नेपाल
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनुभएको छ।
जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे युएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको हो।
‘संघीय व्यवस्था बलियो बनाउन मिडियाकर्मी लाग्नुपर्छ’
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले गणतन्त्र र संघीयता ल्याउन मिडियाको भूमिका खेलेकाले अब सो व्यवस्था बलियो बनाउन पनि भूमिका खेल्नुपर्ने आग्रह गर्नुभएको छ ।
गणतन्त्रमाथि राजावादी र अवसरवादीको आक्रमण : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गणतन्त्रमाथि राजावादी र अवसरवादीबाट आक्रमण भइरहेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ क को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सो बताउनुभएको हो ।
नेपाल समृद्ध बनाउन एकल सरकार चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताउनुभएको छ । पार्टीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दैलेखको राकममा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ ।
नेपालीलाई फुटाउने प्रयास भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जात, भूगोल, भेगका नाममा नेपालीलाई फुटाउने प्रयास भइरहेको बताउनुभएको छ ।
समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको छ : सूर्य थापा
नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री खनालसँग चिनियाँ राजदूतको भेट
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सङले भेटवार्ता गर्नुभएको छ ।
जसपाको सुन्दर हरैचा नगर समिति पुनर्गठन
जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगर समितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शङ्कर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो ।