नेपाली उत्पादनको बजार व्यवस्थापन गर्न जरुरी : अर्थमन्त्री डा.महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताउनुभयो ।
नेपाल–चीन सम्बन्ध पारस्परिक सम्मानमा आधारित छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको इतिहास शताब्दीयौं पुरानो भएकाले नेपालको समृद्धिका लागि चीन सरकारबाट सदियौंदेखि महत्वपूर्ण सहयोग प्राप्त हुँदैआएको बताउनुभएको छ ।
नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताउनुभएको छ ।
पत्रकारिताको सुधारका लागि सरकारले सहयोग गर्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढिकरण र मानवअधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा पैरबी गर्दै महत्त्वपूर्ण उपलब्धी हासिल गर्न योगदान दिएको बताउनुभयो ।
सहिद सप्ताहअन्तर्गत आज माथेमाको सम्झना
सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उहाँलाई सम्झाना गरिएको छ । सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृतिसभा गरिएको हो ।
जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।
विश्व शान्तिका लागि संवादमा जोडिन आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबिच संवादमा जोडिनुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको उल्लेख गर्नुभयो ।
‘समुदायमा कांग्रेस’ अभियान आजदेखि
नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गरिने बताउनुभयो । अभियानका क्रममा केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाइएको छ । केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै छ हजार ७४३ वटा वडामा प्रतिनिधि खटाइने तालिका तय भइसकेको छ ।
कांग्रेसको धर्म देशको हित गर्नु हो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताउनुभएको छ।
यान्त्रिक सेवा महानिर्देशनालय सेनाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने विषयमा उपप्रधानमन्त्रीसँग छलफल
नेपाल वायुसेवा निगमले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले शुक्रबार छलफल गरेको छ ।
कांग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छ : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताउनुभएको छ ।
सरकारले जनतामा आशा जगाउन सकेन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनतामा आशा जगाउन नसकेको बताउनुभएको छ ।
नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ ।
राजनीतिलाई सेवाको रूपमा ग्रहण गर्नुपर्छ : नेता सिंह
नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रूपमा ग्रहण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
समुदायमा कांग्रेस अभियान : ‘बोल्ने होइन, नागरिकको गुनासो सुन्ने कार्यक्रम’
नेपाली कांग्रेसले माघ १३ गते सुरु हुन गइरहेको ‘समुदायमा कांग्रेस अभियान’ मा मुख्यगरी नागरिकको गुनासो सुन्ने बताएको छ ।
प्रदेश विपद् ऐन संशोधन विधेयकमाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल सुरु गरिएको छ ।
मन्त्री उपस्थितिको माग गरेपछि संसदीय समितिको बैठक स्थगित
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र विविध ।
‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’
अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
माओवादी संसदीय दलको नेता परिवर्तन
नेकपा (माओवादी केन्द) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन गरिएको छ । शुक्रबार विहान उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलका नेता खगराज भट्टलाई परिवर्तन गरी मानबहादुर धामी ‘सन्तोष’ लाई चयन गरेको हो ।
राष्ट्रपति पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
आपराधिक अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग बढाउनुपर्छ : मुख्यमन्त्री कार्की
मोरङ, माघ १२ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीनदिने तालिमको उद्घाटन गर्दै उहाँले प्रविधि प्रयोगमार्फत जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री कार्कीले जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन निर्देशन दिनुभयो । उहाँले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मुख्यमन्त्री कार्कीले आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला र प्राडा हरिहर वस्तीले न्यायको शासनको जनतालाई अनुभूति गराउनुपर्ने आवश्यकता औंल्याउँदै आपराधिक कार्यको अनुसन्धानमा वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशस्तरीय उक्त तालिममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता छ । रासस