यस वर्षको भूपू सैनिक सम्मेलन इटहरीबाट
नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडाँैलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन गर्न लागेको हो ।
धेरै विधेयक पारित गर्ने तयारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी हिउँदे अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गर्ने तयारी रहेको बताउनुभएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै उहाँले सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित महìवपूर्ण विधेयक पनि पारित हुने जानकारी दिनुभयो ।
राष्ट्रिय सभा निर्वाचन आज
राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना मनोनीत हुने छन् ।
मतदान स्थलमा शान्ति सुरक्षामा कडाइ
राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने निर्वाचन अन्तर्गत बागमती प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
उपप्रधानमन्त्री खड्कासँग राष्ट्रसंघका प्रतिनिधिको भेट
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसंघका अन्डर सेक्रेटरी जनरल एण्ड द यूएन हाइ रिप्रिजेन्टेटिभ फर डिसआरमेन्ट अफेयर्स इजुमी नाकामित्सुले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ।
गठबन्धन जोगाउन कांग्रेस प्रतिबद्ध छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई जोगाएर लामो समय लैजान आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बैंकले योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले अब बैंकले धितोबेस कर्जा भन्दा पनि योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
संसदका दुवै सदनको अधिवेशन माघ २२ मा आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
सरकारले माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।
देश बनाउने जिम्मा हामी सबैको हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको वताउनु भएको छ ।
सुदूरपश्चिममा सत्ता गठबन्धन र एमाले भिड्दै
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भोलि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुन २० मा सकिन लागेकाले रिक्त हुने पद्का लागि निर्वाचन गर्न लागिएको हो ।
सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताउनुभएको छ ।
‘सूचना प्रविधिको विकासका लागि संस्थागत र जनशक्तिको पुनः संरचना आवश्यक’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका हरेक क्षेत्रमा सूचना र प्रविधिको विकास लागि संस्थागत र जनशक्तिको पुनः संरचना आवश्यक रहेको बताउनुभएको छ ।
अमेरिकी स्टक एक्सचेञ्जमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने
नेपाली उद्यमी डा समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेन्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।
भूमिहीन, दलितका समस्या निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा
रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ ।
सरकार जनताको घरघरमा पुग्नुपर्छ : डा. शखेर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताउनुभयो ।
सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील छ : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताउनुभएको छ।
सदनमा उठेको विषयप्रति गम्भीर बन्न सरकारलाई आग्रह
सुदूरपश्चिम प्रदेश सभा सदस्यले सदनमा उठेको विषयप्रति गम्भीर बन्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ।
जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो
जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिएको छ ।
सशस्त्र प्रहरीको सीमा विकास कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ ।
‘पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्ने’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।
सेवाप्रवाह चुस्त बनाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन
सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने
सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
संसद् अधिवेशन माघ २२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।