राज्यको नीति र संविधान विपरीत सेनामा भर्ती हुनु गलत : प्रधानमन्त्री प्रचण्ड
युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता
युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कनुभएको छ । उहाँ भर्खरै ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्कनुहुँदै
युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उहाँ आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुभएको छ ।
आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पार्नुभयो । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो ।’’
कालीगण्डकी आयोजना निर्माणलाई गति दिन्छौँ : मन्त्री ज्वाला
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजना निर्माणमा भएका समस्यालाई चाँडै समाधान गरेर निर्माणलाई गति दिने बताउनुभएको छ ।
क्षेत्रीय सहकार्यमा एक ठाउँ उभिन आवश्यक : प्रधानमन्त्री
नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ ।
दुम्कीवास त्रिवेणी सडकखण्ड हामी खोल्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेशको आर्थिक विकासका लागि दुम्कीवास त्रिवेणी सडकखण्ड खोल्न आफू लागि परेको बताउनुभएको छ ।
सांसदसँग संवाद-जनता राज्यप्रति बफादार र इमान्दार हुनुपर्छ : नेता खान
सङ्घीय सांसदको हैसियतले सांसद, मन्त्रिषरिद्को सदस्य र विषयगत समितिको सभापतिका रूपमा अहिले भइरहेको संसदीय अभ्यासलाई तीन चरणमा हेर्न, बुझ्न र अनुभव गर्न पाएको छु ।
अभियानबाटै सफल युवा
इन्डोनेसियाका पूर्वराष्ट्राध्यक्ष सुकार्नोले भन्नुभएको छ, “मलाई मातृभूमिप्रति गौरव र माया गर्ने दस युवा देऊ, तिनीहरूबाट नै म संसार बचाउन सक्ने छु ।” सुकार्नोको यही पङ्क्तिबाट युवाको परिभाषा प्रस्ट हुन्छ । यु
‘आपसी सहयोगबाट विश्वव्यापी समृद्धि हासिल गरौँ’
महामहिम जनरल योविरी कागुता मुसेभेनी, गणतन्त्र युगान्डाका राष्ट्रपति, महामहिम सरकार प्रमुखहरू माननीय मन्त्रीहरू
‘विज्ञान, प्रविधि र नवप्रवर्तनमा नामले उच्च प्राथमिकता दिनुपर्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्वमा ‘गेम चेन्जर’ का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रवर्तनमा असम्लग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
चुरे संरक्षण नभए मधेश मरुभूमि हुन्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुरे संरक्षण नभए मधेश मरुभूमि हुने निश्चित रहेको बताउनुभयो ।
विश्वविद्यालय ज्ञानको भण्डार हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डारभएको बताउनुभएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु राज्यको दायित्य : कार्यवाहक प्रधानमन्त्री
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशाला विद्लगायतका स्वास्थ्यकर्मीहरू उत्पादनमा जोड दिनुभएको छ ।
आयोगका उपाध्यक्ष र विश्व बैंक देशीय निर्देशकबीच भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) फारिस हदाद जार्वोसबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको आयोगका उपाध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ ।
आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी तीन विधेयक आउँदै
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको मस्यौदा तयार गरेको छ ।
अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन
सङ्घीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन भएको छ ।
नाम सम्मेलनमा सहभागी हुनुहुँदै प्रधानमन्त्री प्रचण्ड
सम्मेलनमा भाग लिन बिहीबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल युगाण्डाको कम्पाला आपुगेको हो । प्रधानमन्त्री प्रचण्डले नामको सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ ।
सबै प्रदेशमा पुग्यो राष्ट्रियसभा निर्वाचनको मतपत्र
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएको छ ।
प्रभावकारी योजना निर्माणका लागि साझा सङ्कल्प आवश्यक : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना निर्माणसँगै काममा लाग्नसके समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सकिने बताउनुभएको छ । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भएको अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले आगामी योजना प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।
संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले ऐनकानुनद्वारा मार्गनिर्देशन गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया
असंलग्न राष्ट्रहरूको आन्दोलन ९नाम० को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगान्डामा रहेका नेपालीहरूसँग भेट गर्नुभएको छ।
शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काकाे निर्देशन
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनसमेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिनु भएको छ ।