गण्डकीमा सत्ता गठबन्धनका तीन उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेशबाट अन्यबाट किरणबाबु श्रेष्ठ, महिलाबाट मनरुपा शर्मा र अपाङ्गता तथा अल्पसङ्ख्यकबाट पदम परियार निर्वाचित हुनुभएको हो ।
बागमतीमा गठबन्धनका उम्मेदवारहरु विजयी
राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ ।
सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गरी उहाँहरू विजयी हुनुभएको हो ।
कोशीमा कांग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित
राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ ।
एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने
बागमती प्रदेशमा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ । बागमती प्रदेशको मन्त्री परिषद् बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको हो ।
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धन दलका उम्मेदवार विजय हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।
कोशीमा एमालेकी कोइराला विजयी
राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ ।
लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो ।
मधेश प्रदेशमा गठबन्धन विजयी
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएका (खुला) बाट आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फबाट पूजा चौधरी निर्वाचित हुनुभएको छ ।
सरकार आन्तरिक रोजगार दशक घोषणाको तयारीमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वि.सं.२०८१ देखि २०९१ लाई आन्तरिक रोजगार दशक घोषणा गर्ने तयारी सरकारले गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन शान्तिपूर्ण सम्पन्न : आयोग
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
कोशीमा मतगणना सुरु
विराटनगरमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनमा खुला तथा महिला सदस्य पदका लागि निर्वाचन भएकोमा महिला उम्मेदवारको मतगणना सुरु गरिएको हो ।
राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।
पाठ्यपुस्तक छपाइको काम धमाधम, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन
चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन् ।
सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एमम् निः शस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले आज भेट गर्नुभएको छ ।
विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको जोड
आयोजित छलफलमा मन्त्री बस्नेतले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले विद्युतीय चुलो हरेक नेपालीका लागि उपयोगी छ भन्नुभयो । देशको समृद्धिको आधार जलविद्युत् भएकाले अधिकभन्दा अधिक ऊर्जा उत्पादनलाई सरकारले जोड दिएको बताउनुभयो ।
कर्णालीमा सकियो मतदान
राष्ट्रिय सभा सदस्य पदको निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ ।
बागमतीमा पाँच मत मात्रै खस्न बाँकी
राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान जारी छ । अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लष्टर) बाट चार जना राष्ट्रिय सभा सदस्यका लागि आज बिहीबार हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा रहेको मतदान स्थलका मतदान चलिरहेको हो ।
माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान
चितवन, माघ ११ गते । नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो । माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राससलाई जानकारी दिनुभयो ।जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि डा. गोविन्दप्रसाद पोख्रेलको उपस्थितिमा जिल्ला कार्यसमितिको विस्तारित बैठक बसी ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तयार गरिने खनालले बताउनुभयो । अभियानलाई सार्थकरूपमा सफल पार्न जिल्लास्थित पालिकाको प्रत्येक वडामा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्यासी तथा जिल्लास्तरका वर्तमान एवं पूर्वनेतृत्वलाई वडा प्रतिनिधिका रूपमा खटाइने उहाँले जानकारी दिनुभयो ।यस अभियानअन्तर्गत चितवनका सात पालिकाका ९८ वटै वडामा खुला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव सङ्कलन गरिने छ । अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत जनसरोकारका कामकारबाहीको अवलोकन गरिनेछ ।कांग्रेसलाई जनतासँग जोड्ने एवं पार्टी र जनप्रतिनिधिबीचमा समन्वय र सहजीकरणका लागि पार्टीका वडा सभापतिलगायत तीन जना निर्वाचित वडाध्यक्ष वा अध्यक्षको उम्मेदवारलगायत तीन र पार्टीका शुभेच्छुक दुई गरी आठ जनाको संयन्त्र निर्माण गरिने खनालले बताउनुभयो । यस अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्ययोजनाद तय गरिनेछ । रासस
युवा सङ्घ गण्डकीकाे अधिवेशन फागुन ६ र ७ गते
राष्ट्रिय युवा सङ्घ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको मिति तय भएको छ । प्रदेश कमिटीको पूर्ण बैठकले लमजुङको बेसीसहरमा आगामी फागुन ६ र ७ गते अधिवेशन गर्ने निर्णय गरेको छ ।
पोखरा महानगर प्रमुख र प्रदेशसभा सदस्यद्वारा मतदान
राष्ट्रियसभा सदस्य निर्वाचनमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र प्रदेशसभातर्फ कास्कीका प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले मतदान गर्नुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै आउने
निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन सातै प्रदेशमा जारी
रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा सातै प्रदेशमा सुरु भएको छ । बिहानैदेखि सुरु भएको निर्वाचन आज नै सम्पन्न भएर आज नै मतपरिणम समेत आउन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
संविधानको पालना हाम्रो दायित्व हो: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताउनु भएको छ ।