प्रदेश राजधानी दिपायलमा बनाउन माग
डोटीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गर्नुभएको छ।
योजना कार्यान्वयनको समस्या खोज्न आयोग पदाधिकारीलाई उपप्रधानमन्त्री खड्काको सुझाव
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ आवधिक योजनाका बारेमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ।
वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धी प्रतिवेदन तत्काल बुझाउनू : संसदीय समिति
संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरू यथाशीघ्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुढीगण्डकीको काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा
यही माघ ११ गते हुने राष्ट्रि यसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।
एमालेले सरकारलाई बुझायो ७५१ वटा माग सहितको ज्ञापन पत्र
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनताका मागसहितको ज्ञापन पत्र सरकारलाई बुझाएको छ ।
एकीकृत समाजवादीद्वारा राष्ट्रिय सम्मेलन आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा आह्वान गरेको छ ।
एमालेको ध्यानाकर्षणमा प्रधानमन्त्रीको प्रतिबद्धता ‘‘नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँ’’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताउनुभएको छ।
युवा पलायन रोक्न कृषि र पर्यटनमा लगानी बढाउनुको विकल्प छैन : सांंसद विक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद रुपा विकको सदनमा प्रवेशअघि केही गरौँ भन्ने हुटहुटी भए पनि अहिले त्यो उत्साह नभएको अनुभव छ ।
कांग्रेस नेतृ पोख्रेलको निधन
नेपाली कांग्रेसकी नेतृ द्रौपदी शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ ।
‘लोकतन्त्र बलियो बनाउन काँग्रेस बलियो हुनुपर्छ’
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने बताउनुभएको छ ।
परीक्षा उत्तीर्ण गरेकालाई लाइसेन्स तत्काल दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरुन्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
वैकल्पिक राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्छु : नेता आले
नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
जनसङ्ख्याको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले काम गरेन : सांसद पाण्डे
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्याको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।
स्याङ्जा कांग्रेसको सम्मेलन माघ १० गते
नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते सदरमुकाम स्याङ्जामा हुने भएको छ । सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू जिल्ला आउनुहुने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
पुराना आयोजना सम्पन्न गर्न प्राथमिकता दिन्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताउनुभएको छ ।
माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहका कार्यक्रम
यही माघ १० गतेदेखि सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार सहिद सप्ताह मूल समारोह समितिले कार्यक्रम सञ्चालन गर्ने छ ।
व्यवसाय फस्टाउनका लागि बजारीकरण अपरिहार्य : मन्त्री शर्मा
रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले आज यहाँ आयोजना गरेको क्षमता विकास कार्यक्रममा उहाँले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गर्नुभयो ।
राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताउनु भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : आज रातिदेखि प्रचारप्रसार बन्द
निर्वाचन आयोगले आजदेखि राष्ट्रियसभा सदस्य निर्वाचन प्रचारप्रसार गर्न निषेध गरेको छ । सोमबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचासप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।
पशुपति कोषका कार्यकारी निर्देशक पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेकोे छ ।
हिउँदे अधिवेशन आह्वानमा ढिलाइ: समितिमा विधेयकको चाङ, छलफलमै सीमित
सत्तापक्ष एवम् प्रतिपक्षीका सांसदहरूले हिउँदे अधिवेशनलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताएका छन् । सरकार माघको तेस्रो हप्ताबाट आगामी हिउँदे अधिवेशन बोलाउने तयारीमा छ । यो अधिवेशन विधेयक अधिवेशनका रूपमा रहेकाले कानुन तथा नीति निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।