वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक सङ्घको ४९ औँ स्थापना दिवस र २९ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने छ । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्नुहुँदै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिनुभयो ।
जसपाका प्रदेश र राष्ट्रिय समिति पुनः गठन हुने
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समिति मध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनः गठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइने छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताउनुभएको छ ।
आजदेखि कांग्रेस गुल्मीको सम्मेलन सुरु
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा गरी आज (शनिबार)देखि सम्मेलन सुरु हुँदै छ । उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा सो सम्मेलन तम्घासमा हुन लागेको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
‘संसद् प्रतिपक्षको सत्ता भए पनि ‘बिजनेस’ सरकारले दिने हो’: सांसद गुरुङ
“भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पुर्याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् । त्यसैले प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा संसद्लाई प्रतिपक्षको सत्ता मानिन्छ ।”
कोप–२८ मा प्रम जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ (कोप–२८) मा नेपाली टोलीको नेतृत्व गरेर जानुहुने भएको छ । आगामी मङ्सिर १४ गतेदेखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा सम्मेलन हुँदै छ । प्रधानमन्त्री प्रचण्डले मङ्सिर १३ गतेदेखि १७ गतेसम्म कोपमा सहभागिता जनाउने प्रधानमन्त्रीका विकास व्यवस्थापन तथा वातावरणविज्ञ डा. पपुलर जेन्टल भुसालले बताउनुभयो । प्रधानमन्त्रीले आवश्यक व्यक्तिलाई मात्र समेटेर भ्रमण टोली बनाउन निर्देशन दिएकाले सुरक्षाकर्मीबाहेक अन्य १० जनाजति हुने उहाँले बताउनुभयो ।
‘महिला हिंसा अन्त्य गरौँ’
राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको अभियान, २०८० को शुभकामना सन्देश दिँदै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो ।
उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित छ जना न्यायाधीशको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । न्यायपरिषद्को पत्राचार अनुसार समितिको शुक्रबारको प्रारम्भिक बैठकले उजुरी आह्वानको निर्णय गरेको हो । १० दिनको समय दिएर उजुरी आह्वानको प्रक्रिया अघि बढाउने निर्णय समितिले गरेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले बताउनुभयो ।
जनताद्वारा फ्याँकिएको राजतन्त्र आउँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले वाक्कदिक्क भएर फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
कृषि औजार कारखाना सञ्चालनमा ल्याए मधेशको कायापलट हुन्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वीरगञ्जको कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउन सके मधेशको कायापलट हुने बताउनुभएको छ।
तथ्याङ्कको अधारमा काम गर्दा प्रभावकारी हुन्छ : कृषिमन्त्री न्यौपाने
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले तथ्याङ्कको अधारमा कामकाज गर्दा प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा तथ्यांकको महत्व रहेको बताउनुभएको छ ।
नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन
सुदूरपश्चिम प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले पुरानो कार्यविधि संशोधन गरेको हो ।
पूर्वाधारमन्त्री जुग्जाली प्रगति खोज्दै स्याङ्जामा
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले स्याङ्जामा आफ्नो मन्त्रायलको कामको प्रगति खोज्नु भएको छ।
रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
प्रदेश संरचनामा पुनर्विचार आवश्यक : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनबहादुर थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुनर्विचार आवश्यक रहेको बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका संरचना राज्यले थेग्न नसक्ने अवस्थामा पुगेकाले संरचनाको ढाँचामा पुनः मुल्यांकन आवश्यक रहेको उहाँले बताउनुभएको हो ।
दुर्गा प्रसाईंद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको छ ।
सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सुरु
सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बर्तमान गणतान्त्रिक व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।
दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताउनुभएको छ ।
भ्रष्टाचार नेपालको ठुलो रोग हो : नेता भण्डारी
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको बताउनुभएको छ । गत फागुन ३ गते राति काठमाण्डौंको आफ्नै निवासमा ग्यास दुर्घटनामा परी गम्भीर घाइते भई लामो समयको उपचारपश्चात पहिलो पटक गृह जिल्ला गुल्मी आउनुभएका नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।
अहिले व्यवस्थामाथि प्रश्न उठेको होइन : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताउनुभएको छ ।
तिलौराकोटलाई सम्पदासूचीमा सूचीकृत गरिने : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासुचीमा सूचीकृत गरिने बताउनुभएको छ ।
नेपालको उच्चशिक्षा चुनौतीको सँघारमा : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्चशिक्षा चुनौतीको सँघार पुगेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।