• १२ साउन २०८१, शनिबार

एक वर्षका उपलब्धि सार्वजनिक गर्दै सञ्चारमन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।

काठमाडौं, माघ ४ गते । नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको एक वर्ष पूरा भएको छ । मन्त्री शर्माले गत वर्ष माघ ३ गतेदेखि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

दाङ क्षेत्र नं. २ बाट निर्वाचित शर्माले एक वर्षको अवधिमा गरेका उपलब्धिहरूलाई सार्वजनिक गर्दै हुनुहुन्छ । 

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य रेखा शर्माले १९७ मतको मतान्तरले नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई हराउनु भएको थियो । वि.सं. २०७० र २०७४ मा प्रतिनिधि सभामा समानुपातिक सदस्यमा निर्वाचित हुनुभएकी उहाँ २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहनु भएको थियो ।उहाँ २०७० र २०७४ मा संसदीय दलको सचेतक हुनुभएको थियो ।