जलवायु परिवर्तनको असर कम गर्न सार्कलाई क्रियाशील बनाउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गर्नुभएको छ।
विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न संसदीय समितिमा सुझाव
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घले देशभरका सामुदायिक विद्यालयमा कार्यरत ४० हजार विद्यालय कर्मचारीलाई सङ्घीय सरकारका दरबन्दीमा राखी सङ्घीय सरकारबाट सेवा सुविधा दिन माग गरेको छ ।
जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
टेलिकम सेवाको मर्मत सम्भारलाई चुस्त बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
प्रदेश सभाका चार समितिका सभापतिद्वारा शपथग्रहण
सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भएको छ ।
सन्धि सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन
संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
‘पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गर्नुभएको छ ।
भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई आपत्ति छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभएको छ ।
भारतले २० करोड खर्च गर्न पाउने सम्झौतामा तनाव लिनुपर्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको भारतीय दूतवासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
स्विस महासङ्घका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासङ्घका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबीच द्वन्द्व होइन, समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्छ : सांसद सिङ्गबहादुर विश्वकर्मा
प्रदेशको न्यायोचित प्रतिनिधित्व व्यवस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलनसमेतलाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ ।
सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिका सभापति चयन आज
सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो ।
रास्वपा केन्द्रीय सदस्य र सांसदको लेबी शुल्क २५ हजार
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले पार्टीको लेबी शुल्कलाई एकरूपता दिएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य र संसद्को लेबी शुल्कलाई एकरूपता दिएको हो ।
सुदूरपश्चिममा हिउँदे अधिवेशन सुरु
कैलालीस्थित कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । गाउँ सभाका अध्यक्ष राजसमझ चौधरीले अधिवेशनको उद्घाटन गर्नुभयो ।
सहिदहरूको विवरण सच्याउने मन्त्री परिषद्को निर्णय
नेपाल सरकार मन्त्री परिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याइने भएको छ ।
संवैधानिक परिषद् सदस्य नियुक्तिका लागि छुट्टै समिति आवश्यक छैन : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् सदस्य नियुक्तिका लागि छुट्टै समिति बनाउनु आवश्यक नरहेको बताउनुभएको छ।
ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प छैनः मन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणसँग ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल उठाउनुको विकल्प नभएको बताउनुभएको छ ।
सोह्रौँ पञ्चवर्षीय योजनाबारे छलफल
राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले सोह्रौँ पञ्चवर्षीय राष्ट्रिय विकास योजनामा दिगो विकास लक्ष्य प्राप्ति, शासकीय सुधार र सुशासन, सामाजिक न्यायका सन्दर्भमा आफ्नो अधिकार क्षेत्रभित्रका विषय समेटेर प्रतिवेदन तयार गरेको छ ।
प्रदेश सभाका चार समितिका सभापतिमा एकल उम्मेदवारी दर्ता
सुदूरपश्चिमको प्रदेश सभाका चार समितिका सभापति पदमा मंगलबार चार जनाको मात्रै एकल उम्मेदवारी दर्ता भएको छ। एकल उम्मेदवारी परेकोले सभापति पदको चुनाव नहुने भएको छ।
‘पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ’
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताउनुभएको छ । उहाँले हालै नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै उहाँले अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय भएको जानकारी बताउनुभयो ।
प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरी समायोजनापछिको तयारीका लागि जुट्न निर्देशन दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आज अनुगमन गर्दै उहाँले संघीय सरकारले प्रदेश सरकारलार्ई प्रहरी समायोजन गरी हस्तान्तरण गर्न लागेकाले यस सम्बन्धमा आवश्यक तयारी गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
नीति स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएन : सचिव सिंह
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सङ्घीय निजामती ऐन नआउँदा कर्मचारीहरू उत्साहित भएर काम गर्न नसकेको बताउनुभएको छ ।
व्यक्ति विशेषलाई नहेरी विधि र प्रक्रिया ठिक अपनाऔँ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बहुमत प्राप्त प्रधानमन्त्रीको अधिकारलाई पन्छ्याएर गरिने निर्णय प्रक्रिया व्यवहारिक नहुने बताउनुभएको छ ।
सत्य निरुपण विधेयक परिमार्जन गर्छाैं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै टिआरसी विधेयकमा सम्भव विषयहरू राखेर परिमार्जन गर्ने बताउनुभयो ।