• २ जेठ २०८२, शुक्रबार

रास्वपा केन्द्रीय सदस्य र सांसदको लेबी शुल्क २५ हजार

blog

फाइल तस्बिर

काठमाडौं, पुस २४ गते । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले पार्टीको लेबी शुल्कलाई एकरूपता दिएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य र सांसदको लेबी शुल्कलाई एकरूपता दिएको हो । 

प्रमुख सचेतक सन्तोष परियारका अनुसार केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको हो । त्यस्तै बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपियाँ तोकेको छ । 

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा.डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको परियारले जानकारी दिनुभयो ।