नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन : समुदायबीच सद्भाव हुनुपर्ने
नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन टीकापुरमा सुरु भएको छ।
व्यक्तिको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आएन : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताउनुभएको छ।
विश्वका शक्ति राष्ट्रको नजर नेपालमा : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपालमा केही हुन्न भन्ने निराश रोक्नुपर्ने बताउनुभएको छ।
संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक आत्तिएर ल्याएको होइन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सरकारले आत्तिएर नल्याएको बताउनुभएको छ ।
पाँचखाल नगरको चार विधेयक पास
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आज सम्पन्न १४ औँ नगर सभाले चार विधेयक पास गरेको छ । नगरप्रमुख महेश खरेलले पेस गर्नुभएको दुई विधेयक संशोधन प्रस्ताव र दुई नयाँ विधेयक नगर सभा सदस्यले सर्वसम्मत पास गरेका हुन् ।
वित्त आयोगको पाँचौँ प्रतिवेदन पेस
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९-८० को पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । नेपाल संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो ।
देशको पहिचान नै मुख्य पहिचान हो : पूर्वप्रधानमन्त्री नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभामा गएर महत्त्वपूर्ण भूमिका खेल्ने सिटौलाको प्रतिबद्धता
नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले प्रदेश तहमा आवश्यक कानुनको अभाव भएको कारण प्रदेश सरकार निरन्तर अल्मलमा परेको बताउनुभएको छ।
सरकारले माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै
सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ।
आगामी अधिवेशनमा सत्य निरूपण विधेयक पारित हुन्छ : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) सहमतिबाटै संसदमा प्रस्तुत हुने बताउनुभएको छ ।
एक वर्षमा सात ऐन जारी
नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुसार बागमती प्रदेश सभाको दोस्रो निर्वाचनपश्चात् वर्तमान प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ ।
सत्य निरूपण विधेयक एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्नुस् : सचेतक बर्तौला
नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
सत्य निरूपण विधेयक संसदमा पेस गर्नुपर्छ : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ ।
जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी
रोल्पा घर भएका कुमार दसौदी राष्ट्रिय सभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदै छ । त्यसैले उहाँ यसबिचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थाल्नुभएको छ ।
राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ ।
वीरको सेवा गुणस्तरीय र सुलभ हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
रास्वपाका सभापति र चिनियाँ राजदूतबिच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको छ ।
लुम्बिनी प्रदेशसभा : कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो ।
नेपाल र आयरल्याण्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल
नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय संसद्, सचिवालयले आयोजना गरेको शैक्षिक सहकार्यसम्बन्धी छलफल कार्यक्रममा गुणस्तरीय शिक्षा, स्तरीकृत
विकास निर्माण जनताको आवश्यकता अनुसार गर्छौंः मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसँग जनतालाई जोड्ने काम गर्ने बताउनु भएको छ । बुधवार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित मंगलामाई माध्यमिक विद्यालयको ६२ ओै वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री बस्नेतले आपत् विपद् र विकासका लागि नेता चाहिने बताउँदै आफू त्यसका लागि म सधैँ तयार रहेको बताउनु भयो ।
डिडिसीका महाप्रबन्धकलाई मन्त्रालय झिकाइयो
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई मन्त्रालय झिकाएको छ ।
सहकारीको समस्या समाधानको प्रयास
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको सन्दर्भमा देखापरेका समस्याहरू समाधान गर्ने हेतुले सम्बद्ध निकायहरूको बैठक गर्नुभएको छ ।
सुरक्षा नीतिमा सबै निकायले स्वामित्व लिनु आवश्यक छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीतिमा सरकारका सबै निकायले स्वामित्व र अपनत्व लिनु आवश्यक रहेको बताउनुभएको छ ।
माघ ५ गते प्रधानमन्त्री प्रचण्ड युगाण्डा जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते युगाण्डा जानुहुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो ।