• १४ मंसिर २०८१, शुक्रबार

राष्ट्रिय सभामा गएर महत्त्वपूर्ण भूमिका खेल्ने सिटौलाको प्रतिबद्धता

blog

नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला ।

सचिन पाख्रेल

विराटनगर, पुस २६ गते। नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले प्रदेश तहमा आवश्यक कानुनको अभाव भएको कारण प्रदेश सरकार निरन्तर अल्मलमा परेको बताउनुभएको छ। 

विराटनगरमा आयोजित गठबन्धनका उम्मेदवारसँगको भेटघाट कार्यक्रममा नेता सिटौलाले सङ्घीय तहबाट कानुन बनाएर नदिएको कारण प्रदेश सरकार नाममात्रको सरकार बन्दै आएको बताउनुभयो।

उहाँले संविधानले सङ्घीय, प्रदेश र स्थानीय सरकारको आ–आफ्नो जिम्मेवारी र कर्तव्य तोकेको पनि हालसम्म सङ्घीय सरकारले प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन बनाएर दिन सकेको बताउनुभयो।

उहाँले संविधानमा लेखेअनुसारका व्यवहारमा लागू गर्न नसक्दा शिक्षा, स्वास्थ्य जताततै अराजकतै अराजकता देखिएको बताउनु भएको छ।

नेता सिटौलाले विगतमा आफूले शान्ति प्रक्रियादेखि संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफू राष्ट्रिय सभामा गएर पनि महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा गठबन्धनकी साझा उम्मेदवारसमेत रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पादेवी कार्कीले लोकतन्त्र र गणतन्त्रका लागि ज्यानको प्रवाह नगरी आन्दोलनमा लागेको बताउनुभयो। 

उहाँले आफूले अवसर प्राप्त भएमा संविधान कार्यान्वयनमा इमान्दारिताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।