नेकपा एमाले संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । शनिवारबाट संसद् भवन बानेश्वरमा सुरु भएको बैठकमा सोमवारबाट सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।
माओवादीको विधान अधिवेशन, हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पहिलो पटक गर्न लागेको विधान अधिवेशनमा एक हजार तीन सय प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँको प्रज्ञा भवनमा आयोजना हुने अधिवेशनमा देशैभरबाट आएका प्रतिनिधिमार्फत बहस र छलफल गरेर विधान बनाइने छ ।
कर्णाली प्रदेश सरकारको बेरुजु साढे चार अर्ब
कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा रु चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
सरकार पार्टी एजेन्डाअनुसार नै चलेको छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बर्तमान सरकार पार्टी एजेन्डाअनुसार नै अघि बढेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समिति दाङको आयोजनामा शनिवार गढवामा आयोजित तीन तहका सरकार र पार्टीको समन्वय विषयक कार्यशालामा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
रुग्ण उद्योग सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताउनुभएको छ । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राख्नुभयो ।
प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उहाँले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो ।
दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दक्ष जनशक्ति उत्पादनबाट राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।
रौतामाई गाउँपालिकाका माग सरकारले सम्बोधन गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपा
गठबन्धनले सत्ताका लागि मात्र राजनीति गरेको छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको बताउनुभएको छ ।
रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ ।
नेकपा एमाले संसदीय दलको बैठक सुरु
नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको लोत्से हलमा सुरु भएको हो ।
सुशासन अभियानमा कर्मचारीको सहयोग महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
हामीले विरोध गरेका हौँ, अवरोध होइन : प्रमुख प्रतिपक्ष
सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग जोडिएका कानुन निर्माणका विषयलाई प्रमुखताका साथ उठाउने रणनीति बनाएका छन् ।
सरकारसँग लिखित जवाफ माग
सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश गरेको छ ।
अब तीन दिन संसद र तीन दिन समितिको बैठक
संसद्को आउँदो हिउँदे अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुनेगरी कार्यतालिका तयार गरिएको छ ।
कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्ने हो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाईभन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको बताउनुभएको छ ।
अधिवेशन अवधिभर राजधानी नछोड्न सांसदलाई कांग्रेसको निर्देशन
नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदलाई निर्देशन दिएको छ।
प्रजातान्त्रिक आन्दोलनका सहिदको प्रतिमाले सम्सीको ओज बढ्यो
नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा सहादतस्थलमा अनावरण भएपछि महोत्तरीको सम्सीबासी दङ्ग छन् । पञ्चायतविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि ज्यान आहुति दिएका अमर सहिदको सहादतस्थलमै प्रतिमा अनावरण भएपछि सम्सीवासी खुसी देखिएका हुन् ।
घरघरमा पुगेर बिरामी पहिचान गरी क्षयरोग निर्मुल पारौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन
सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन भएको छ । पुरानो लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गरिएको हो ।
बागमती प्रदेश सरकारले बनायो ७८ कानुन
बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यक पर्ने ९९ कानुनमध्ये ७८ वटा कानून बनेका हुन् ।