बझाङमा माओवादीबाट बुढा उम्मेदवार
नेकपा (माओवादी केन्द्र) ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
बागमतीमा विश्वासको मत: साना दलहरू अझै अनिर्णीत
बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्वासको आज सोमबार लिने तय भई सक्दासमेत साना दलहरू भने अझै अनिर्णीत रहेका छन् । बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले अझै पनि कुनै निर्णयमा पुगेका छैनन् ।
उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ ।
नेपालको संविधान विश्वकै उत्कृष्ट : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताउनुभएको छ।
राजश्व संकलनमा होटल र पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विदेशी मुद्राको आर्जन र राजश्व संकलनमा होटल व्यवसाय र पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ।
मन्त्री लेखीद्वारा कार्यालयमा छड्के निरीक्षण
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आइतबार जनकपुरधामस्थित मन्त्रालय मातहतका तीनवटा कार्यालयमा छड्के निरीक्षण गर्नुभएको छ ।
नक्कली बिलको अनुगमन गरेर एक्सन लिनुहोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रण गर्न निर्देशन दिनुभएको छ।
सञ्चार क्षेत्रका समस्या समाधानमा पहल गर्छु : प्रदेश प्रमुख मिया
सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले सञ्चार क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ ।
बागमतीमा कांग्रेसले विपक्षमा मतदान गर्ने
नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ।
समाजवादी मोर्चाको विचार गोष्ठी मङ्गलबार
नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत २० गते बस्ने भएको छ।
निर्माणाधीन आयोजना सम्पन्न गर्न नयाँ ढङ्गले अगाडि बढेका छौँ : उपप्रधानमन्त्री महासेठ
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताउनुभएको छ।
गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबिच भेटवार्ता
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवम् गृहमन्त्री लामिछानेसँग भेटवार्ता गर्नुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेल सोमबार विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
झापा एमालेको अध्यक्षमा गिरी सर्वसम्मत
नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत हुनुभएको छ । यसअघि गिरी एमाले झापाका कार्यवाहक अध्यक्ष रहनुभएको थियो । यसै गरी अर्का अध्यक्षका प्रत्याशी शिव ढुङ्गेल भने उपाध्यक्ष पदमा सर्वसम्मत हुनु भएको छ । सचिवमा तुलसी कार्की सर्वसम्मत हुनुभएको छ ।
प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र
नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दश बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ ।
संवैधानिक परिषद्को बैठक सुरु
रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्ति बारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
युवाको पलायन रोक्न सरकार गम्भीर हुनुपर्छ : एमाले उपाध्यक्ष थापा
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले युवा जनशक्तिको पलायन रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ।
बागमती सरकारमा एमाले सहभागी, नेता थपलियाद्वारा शपथ
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गर्नुभएको हो ।
गठबन्धनले पार्टीभित्र आत्मविश्वास कमजोर : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनका कारण पार्टीभित्र आत्मविश्वास कमजोर बन्दै गएको बताउनुभएको छ ।
शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ। रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो।
बालुवाटारमा शीर्ष नेताको बैठक
शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाउनुभएको हो ।