शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताउनुभएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याइने छ : मन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउनका लागि अध्ययन गरिराखेको बताउनुभएको छ ।
एमाले पाँचथर नेतृत्व चयनका लागि मतदान सकियो
पाँचथर-नेपाल कम्युनिष्ट पार्टी एमाले पाँचथरको नवौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । उपाध्यक्ष र उप-सचिव सहित पाँच जना खुल्ला सदस्य पदमा सहमति नजुटेपछि मतदान गरिएको हो ।
नागरिकमा आशा जगाउने सरकारको उद्देश्य
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताउनुभएको छ ।
सांसदद्वारा खुल्ला कारागार नीतिको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दुरदराजमा रहेको चेपाङ बस्तीका धेरैलाई नागरिकता बनाउन समस्या भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
जहाज मर्मतसम्बन्धी कागजात पेस गर्न निगमलाई समितिको निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्रपतिद्वारा अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणीकरण गर्नुभएको छ । सभामुख देवराज घिमिरेले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको सो पत्र पढेर सुनाउनुभएको हो ।
‘दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैन’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरूमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताउनुभएको छ ।
इलाम–२ मा चुनावी सरगर्मी
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ ।
मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका-६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्नुभएको छ ।
एमाले लमजुङको अध्यक्षमा विष्ट निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित हुनुभएको छ । कमिटीको नवौँ जिल्ला अधिवेशनको आज सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नेकपा एमाले रुकुमपश्चिमको अध्यक्षमा पुनः देवकोटा
नेकपा (एमाले) रुकुमपश्चिमको अध्यक्षमा पुनः नन्दराम देवकोटा सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सम्पन्न एमाले रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशनबाट देवकोटासँगै ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।
शिक्षा विधेयकमा अभिभावकको सहभागिता सुनिश्चित गर्न आग्रह
सांसद तथा सरोकारवालाले विद्यालय शिक्षा विधेयक २०८० ले विद्यालय सञ्चालनमा अभिभावकको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ ।
सदनमा उठेका विषय कार्यान्वयन गर्न सांसदको माग
प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले मुलुकमा महँगी बढ्दै गएको, तुइन विस्थापित गर्नुपर्ने, सडक पुनर्निर्माणमा ध्यान दिनुपर्नेलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘माइक्रो रेल प्रविधिमा आधारित पोड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छ’
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माइक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गर्नुभएको छ ।
नेपाल प्रहरीको मनोबल खस्काउने काम नगर्न सरकारलाई सुझाव
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।
वैदेशिक रोजगारीमा जानेको पारिश्रमिक एक लाख तोक्न माग
नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपियाँ तोक्नुपर्ने बताउनुभएको छ ।
कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीलाई सांसद ढकालको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ ।
नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग
नेकपा (एमाले) का सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गर्नुभएको छ ।
१४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न चीन तयार
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै हुनुहुन्छ ।