• १० पुस २०८१, बुधबार

नेकपा एमाले रुकुमपश्चिमको अध्यक्षमा पुनः देवकोटा

blog

नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, चैत १९ गते । 
नेकपा (एमाले) रुकुमपश्चिमको अध्यक्षमा पुनः नन्दराम देवकोटा सर्वसम्मत चयन हुनुभएको छ । सोमबार सम्पन्न एमाले रुकुम पश्चिमको नवौँ जिल्ला अधिवेशनबाट देवकोटासँगै ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा मनवीर घर्ती र सचिवमा शशिराम नेपाली चयन हुनुभएको छ । अध्यक्ष देवकोटा, उपाध्यक्ष घर्ती र सचिव देवकोटा यस अघि पनि सोही पदमा हुनुहुन्थ्यो । अधिवेशनबाट उपसचिवमा तिलक बस्नेत र ब्युझना पुन देवकोटा चयन हुनुभएको छ ।

एमाले रुकुमपश्चिमको नवौँ जिल्ला अधिवेशन १६ गते उद्घाटन भई १७ गतेदेखि बन्द सत्र सुरु भएको थियो । सहमतिबाट नै नेतृत्व चयनका लागि भएको छलफल लम्बिएपछि सोमबार पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएको हो । यसैगरी, अधिनेवशनले लेखा आयोगको सचिवमा कृष्णभक्त ओलीलाई चयन गरेको छ ।