उन्मुक्ति पार्टीको केन्द्र र प्रदेशमा फरक–फरक ह्विप
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी र दलका सदस्यलाई नियन्त्रण गर्न आक्रामक देखिनुभएको छ ।
ईपीजीको प्रतिवेदन भारतले तत्काल बुझ्नु आवश्यक छ : उपाध्यक्ष भुसाल
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल बुझ्नु आवश्यक रहेको बताउनुभएको छ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्षद्वारा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन 'ह्विप'
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन 'ह्विप' जारी गर्नु भएको छ ।
इलाम–२ उपनिर्वाचनको उम्मेदवार आजै टुङ्गिन्छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट उम्मेदवार बुधबार टुङ्गिने बताउनुभएको छ।
इलाम–२ उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत तोकियो
२०८१ वैशाख १५ गते सम्पन्न हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। प्रतिनिधि सभा सदस्य चयन गर्नका लागि हुने निर्वाचन सफल बनाउन निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।
कर्णालीका मुख्यमन्त्री शर्माको राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ। बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्नुभएको छ । बुधबार राष्ट्रपति कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
राष्ट्रपतिबाट राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयनमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताउनुभएको छ ।
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ ।
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनको माग
प्रतिनिधि सभाको बैठकको विशेष समयमा सांसदहरूले कानुन निर्माण, संसद्को प्रभावकारिता, पूर्वाधार निर्माण, सहज सेवाप्रवाहलगायत जनजीविकासँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
एसइईमा वञ्चित भएकालाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइन्छ : शिक्षामन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट वञ्चित भएका कुनै पनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताउनुभएको छ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो ।
विद्यार्थी र अभिभावकमाथि भर्नाका नाममा ज्यादती भयो : सांसद बस्नेत
राष्ट्रिय सभाको बैठकमा सांसद जितजङ्ग बस्नेतले नयाँ शैक्षिक सत्र लाग्ने बित्तिकै विद्यार्थी र अभिभावकलाई विद्यालयहरूले ज्यादती गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आरोप लाग्नासाथ सांसदबाट राजीनामा दिने सर्वदलीय सहमति गरौँ : सांसद वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गर्न प्रस्ताव गर्नुभएको छ ।
गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले दिउँसो संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
चीन भ्रमणबारे उपप्रधानमन्त्री श्रेष्ठद्वारा संसद्लाई जानकारी
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसद्लाई जानकारी गराउनुभएको छ ।
संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ ।
औद्योगिक काम अघि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध
आठ बर्षअघि मन्त्रिपरिषदले निर्णय गरे पनि निर्माण कार्य बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइएको छ ।
एमाले पाँचथरमा सापकोटा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरको नवौं जिल्ला अधिवेशनले विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनले ७५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको एमाले पाँचथरले जनाएको छ ।
कृषिमा आधुनिकीकरण गर्नेगरी कृषि नीति बनाइने
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गण्डकीका मुख्यमन्त्री पाण्डेको राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । अल्पमतमा पर्नुभएका पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बिहानबाट सुरु भएको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
‘सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ’
पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ । राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने, त्यसलाई जोगाउने र भत्काउने चक्रमा घुमिरह्यो ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।