‘युवापुस्तामा सकारात्मक भावना जागृत गर्नुछ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ ।
कानुनमा सबै क्षेत्रको सुझाव समेट्न ‘डिजिटल प्लेटफर्म’ तयार गर्दैछौँ : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानुनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताउनुभएको छ ।
इलाम उपनिर्वाचन : सुहाङसहित सात जनाको मनोनयन दर्ता
आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ ।
जनप्रतिनिधि र पार्टी नेतृत्वबिच सुमधुर सम्बन्ध हुनुपर्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबिच सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल आरोहण टोलीलाई नेपाली झन्डा हस्तान्तरण गर्नुभएको छ । नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा उक्त टोलीले जुगल हिमाल आरोहण गर्न लागेको हो ।
गुल्मीको मुसिकोट र ओइताको बुङगोओनोबिच भगिनी सम्बन्ध प्रक्रिया सुरु
नेपालको गुल्मी जिल्लाको मुसिकोट नगरपालिका र जापानको ओइताको बुङगोओनोबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया अघि बढेको छ ।
एमाले ललितपुरको अधिवेशन जारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ ललितपुर जिल्ला अधिवेशन महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जारी छ । सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट शुक्रबार उद्घाटित सो अधिवेशनमा अहिले बन्दसत्र सञ्चालन भइरहेको छ ।
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सो कार्यक्रमबारे तयारी भइरहेको बताउनुभयो ।
इलाम–२ उपनिर्वाचन मनोनयन दर्ता सुरु
वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।
‘बोगटीको अभाव महसुस भइरहन्छ’
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको छ ।
‘विकृतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समाजमा भएका विकृति विसङ्गतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्राकृतिक स्रोत उपयोग गर्नसके देशको विकास हुन्छ : सांसद नागिना यादव
सदीय प्रणालीबारे विमर्श गर्दा विश्वमा रूपान्तरणकारी, सहभागितामूलक, प्रत्यक्षलगायत प्रणाली अभ्यासमा रहेका पाइन्छ । लोकतान्त्रिक रूपमा विवेचना गर्ने हो भने खासमा हुनुपर्ने चाहिँ रूपान्तरणकारी, सहभागितामूलक संसदीय प्रणाली हो ।
उपनिर्वाचन : उम्मेदवारी दर्ता आज
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि शनिबार (चैत २४ गते) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । इलाम–२ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
नेपाली पूँजी पलायन हुन दिँदैनौँ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताउनुभएको छ । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्ने ढंगले ठमेल २४ घण्टा खुल्छ
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा २४ घण्टा व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्नेगरी गर्ने लागेको दाबी गर्नुभएको छ।
शिक्षामा लगानी बढाउन प्रदेश र स्थानीय तहलाई शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रदेश र स्थानीय सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि संयुक्त राष्ट्रसङ्घसँग आग्रह गर्ने तयारी
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्नका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने बताउनुभएको छ ।
स्वास्थ्यमन्त्री यादवद्वारा गजेन्द्रनारायण अस्पतालको निरीक्षण
उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्नुभएको छ।
जसपानिकट महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्घ, सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने भएको छ ।
संघीयता कार्यान्वयनको लागि तीन तहका सरकार मिलेर जानुपर्छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताको सफल कार्यान्वयनको लागि तीन तहका सरकार मिलेर जानुको विकल्प नभएको बताउनुभएको छ ।
सुदूरपश्चिममा १० दिनभित्र सरकार बनाउन आह्वान
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ।
सरकारी विद्यालयमा पढाउन गाउँपालिकाको आह्वान
सार्वजनिक पद धारण गरेका तुर्माखाँद गाउँपालिकाका बासिन्दाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने भएको छ।
अहिलेको गठबन्धन बलियो समीकरण : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन बलियो समीकरण भएको बताउनुभएको छ ।