भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ।
स्वास्थ्य बिमा कार्यक्रम देशभर लागु
आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता लिने निर्णय गरेको छ।
अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छ : श्रममन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताउनुभएको छ।
बुद्धको सन्देश विश्वका लागि कल्याणकारी : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको सन्देश विश्वको लागि कल्याणकारी भएको बताउनुभएको छ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले लिनुभयो शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
तीन सदस्यीय मन्त्रिमण्डल बनाउँदै अधिकारी
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सानो आकारको मन्त्री मण्डलसहित शपथ लिने तयारी गर्नुभएको छ।प्रदेश प्रमुख कार्यालयका उपसचिव चण्डीप्रसाद अर्यालले आइतबार दिउँसो शपथ समारोहको तयारी भएको जानकारी दिनुभयो ।
एमाले स्याङ्जा अध्यक्षमा गैरे निर्विरोध
नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित हुनु भएको छ । चैत २३ गते भएको निर्वाचनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो ।
निर्वाचन व्यवस्थापन विधेयक तत्काल संसदमा पेस हुन्छ : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचन सम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्ने बताउनुभएको छ।
मुख्यमन्त्री महराद्वारा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ। नवनियुक्त मन्त्रीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार चार सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्रीमा अधिकारी नियुक्त
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौँ : सञ्चारमन्त्री शर्मा
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौं बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले बेथिति र गलत प्रवृत्ति विरुद्ध अन्तिम समयसम्म लडिरहने बताउनुभयो ।
मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाउनुभएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिनुभयो ।
महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो ।
संविधानले दिएका अधिकार प्रयोग गरौँ: प्रदेश प्रमुख मिया
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले नेपालको संविधान उत्कृष्ट रहेको बताउदै त्यसमा भएका आफ्ना अधिकार बुझेर अघि बढ्न थारु, मुस्लिम लगायतका पछाडि परेका वर्गलाई आग्रह गर्नु भएको छ ।
प्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारी बैठक
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक चैत २५ गते राजधानी काठमाडौँमा बस्दै छ । बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय मुख्यालय पेरिस डाँडामा सुरु भएको छ ।
एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताउनुभयो । उहाँका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गर्नुभएको थियो ।
बझाङ (क) मा १२ दलको उम्मेदवारी दर्ता
आगामी बैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा बझाङ जिल्ला प्रदेशको (क) मा १२ दलले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नारा जुलुससहित १२ दलले प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।
रुसी सेनामा कार्यरत नेपाली फर्काउन गृहमन्त्रीसँग माग
रुसी सेनामा कार्यरत नेपाली नागरिकका आफन्तले रुसमा रहेका नेपालीलाई सकुशल उद्दार गरी नेपाल ल्याउन माग गरेका छन् ।
उपनिर्वाचन : इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता
इलाम-२ मा वैशाख १५ मा हुन लागेको उप-निर्वाचनका लागि नेकपा (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका २० उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्।
निजामती कर्मचारी विधेयक संशोधनको माग गर्दै ज्ञापनपत्र
संसद सचिवालयमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संविधान तथा संघीयताको मर्मविरोधी भएको भन्दै दलित अगुवाहरुले संशोधनको माग गरेका छन् ।
अवधि कला संस्कृतिलाई संरक्षण गर्नु जरुरी छ : पूर्व मन्त्री आचार्य
नेपाल सरकारका पूर्व मन्त्री, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवम् क्षेत्र नम्बर २ का संसद् सुरेन्द्रराज आचार्यले अवधि कला संस्कृतिलाई संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ।
औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति लिन सक्दैन : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।