अहिलेको गठबन्धन बलियो समीकरण : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन बलियो समीकरण भएको बताउनुभएको छ ।
‘केन्द्रको सत्ता समीकरणले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा असर पर्दैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारवाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा महरा नियुक्त
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओबादी केन्द्र) प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास गर्न प्रधानमन्त्रीको दिर्नेशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभएको छ ।
समाज रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताउनुभएको छ ।
आगामी बजेटमा जनताले परिवर्तनको महसुस गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा जनताले परिवर्तन एवम् विकासको महसुस गर्ने बताउनुभएको छ ।
अभिलेख संरक्षण विधेयकमाथि दफाबार छलफल सुरु
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल सुरु भएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकमा उक्त विधेयकसम्बन्धी मस्यौदाको प्रस्तावनादेखि मूल ऐनका दफाहरुमा सांसदहरुले छलफल सुरु गर्नुभएको हो ।
निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको माग
संसदमा विचाराधीन निजामती सेवा विधेयक समावेशी सिद्धान्त बमोजिम हुनुपर्नेमा सिमान्तकृत समुदायले माग गरेका छन् । दलित महिला सङ्घ(फोडो)ले आज आयोजना गरेको ‘प्रस्तावित सङ्घीय निजामती सेवा ऐन तथा एकीकृत निर्वाचन मस्यौदा विधेयकका विषयमा परामर्श’ छलफलमा दलित समुदायले समावेशीको मुद्दा उठाएका हुन् ।
चौरासीको लक्ष्य एमालेको एकल बहुमत : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत भएको बताउनुभएको छ ।
सङ्घीय गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहन्छु : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताउनुभएको छ । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
उपनिर्वाचन : इलाममा ७९ र बझाङमा ७४ मतदान स्थल
निर्वाचन आयोगले उपनिर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको छ । शुक्रबार आयोगलका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको जानकारी दिनुभएको हो ।
राष्ट्रपति पौडेल तनहुँमा
राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुग्नुभएको छ । तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुग्नुभएको हो ।
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशोधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभएको हो ।
८४ अघि नै वाम एकता हुन्छ: खनाल
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले २०८४ साल अघि नै नेपालका बाम शक्ति बिच एकता हुने बताउनु भएको छ ।
केही नेपाल ऐन संशोधन विधेयकमा छलफल
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐन विधेयकको दफावार छलफललाई पुनः निरन्तरता दिएको छ । संशोधनकर्तासँगको छलफलपछि समितिले बिहीबार सङ्घीय संसद् सचिवालयसँग सम्बन्धित ऐनको संशोधनबारे छलफल गरेको छ । समितिले संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र सचिवालय सचिव रोजनाथ पाण्डेलाई पनि आमन्त्रण गरेर छलफल गरेको हो ।
वाइडबडी खरिदमा अनियमितता, पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा
नेपाल वायु सेवा निगमको विमान खरिद गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा एक पूर्वमन्त्री, दुई जना नेपाल सरकारका पूर्वसचिव तथा एक जना बहालवाला सहसचिवसमेत २४ जना नेपाली र आठ जना विदेशी नागरिकसमेत छन् ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतको आसन्न लोकसभा चुनाव सम्पन्न भएपछि भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री हसिनाले चुनावपछि भारत भ्रमण गर्ने जानकारी बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले बताउनुभएको छ ।
नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्याउनु आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ।
इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।
प्रधानमन्त्रीलाई मन्त्रीले दैनिक कामको ब्रिफिङ गर्नुपर्ने
सरकारका मन्त्रीले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा बिफ्रिङ गर्नुपर्ने भएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउनुभएको हो ।
राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गर्नुभएको छ। बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका शाहले विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिने तयारी गर्नुभएको हो।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजानीमा दिनुभएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिनुभएको हो ।
बझाङ-१ मा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले बझाङ जिल्लाको निर्वाचन क्षेत्र १ (१) मा पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार उठाउने भएको छ ।