• १२ साउन २०८१, शनिबार

इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

blog

डम्बरबहादुर खड्का र अभिशेकबहादुर सिंह ।

काठमाडौं, चैत २२ गते। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। 

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बुढानीलकण्ठमा बसेको बैठकले वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) का उम्मेदवारको नाम टुङ्गो लगाएको हो। 

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २०८१ साल वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को लागि डम्बरबहादुर खड्कालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार मनोनयन गर्ने  निर्णय भएको हो। 

त्यसैगरी बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) अभिषेकबहादुर सिंहलाई प्रदेश सभा सदस्य पदको उम्मेदवार मनोनयन गर्ने निर्णय गरेको हो। 

कांग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई मत दिएर विजयी गराउन सबै मतदातालाई आह्वानसमेत गरेको छ।