काठमाडौँ, वैशाख २४ गते । बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा एफसीसँग पराजित भएको छ । एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा झापाले बाँसबारीलाई २–० गोलले हरायो ।
रेलिगेसनका दबाबमा रहेको झापालाई यस जितले केही राहत मिलेको छ । झापालाई जित दिलाउन शेरबहादुर धिमाल र अशिमजंग कार्कीले गोल गर्नुभयो । जितसँगै झापा हालका लागि आठौँ स्थानमा उक्लिएको छ ।
हारसँगै १५ अङ्क बनाएको बाँसबारीको शीर्ष डिभिजनमा उक्लने मौका कमजोर बनेको छ । शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज क्लबले नौ खेलबाट २३ अङ्क बनाएको छ ।