लीलाधर वली
घोराही, वैशाख २४ गते । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङको अध्यक्षमा कृष्ण खड्का चयन हुनुभएको छ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घको बुधबार घोराहीमा भएको प्रथम जिल्ला अधिवेशनले खड्काको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा दीपक न्यौपाने र गिरधर भण्डारी, महासचिवमा उमाकान्त घिमिरे, सहमहासचिवमा राजेन्द्र श्रेष्ठ र प्रकाश केसी,कोषाध्यक्षमा हरिवंश दाहाल, सहकोषाध्यक्षमा नरेन्द्र कार्की निर्वाचित हुनुभएको छ । सङ्घको जिल्ला कार्यसमिति सदस्यमा मिना घर्तीमगर, लुमाराम बुढाथोकी, अनिल खनाल, बसन्त गिरी, बिक्रान्त योगी, शरद भण्डारी, हरिमाण खत्री र विजय डाँगी रहनुभएको छ ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक विश्वकुमार चन्दको सभापतित्व एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनसत्रमा बोल्ने वक्ताले व्यावसायिक एकता र पेसागत हकहितका लागि निर्माण व्यवसायीहरू एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।