• २५ वैशाख २०८२, बिहिबार

रारा रनिङ गोल्डकपमा आठ टिम

blog

रारा रनिङ गोल्डकप बारे जानकारी दिँदै आयोजक ।

कविराज घिमिरे

हिले, वैशाख २४ गते । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

रारा फुटबल क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन गर्ने जनाएको हो । 

पुण्य मावि राजारानीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक रारा फुटबल क्लब, सलहेश फुटबल क्लब सिराहा, चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ, बागमती युथ क्लब सर्लाही, गोल्डेन स्टार क्लब सुनसरी, एलएक्स सिटी युथ क्लब मोरङ, बिर्तामोड युनाइटेड क्लब झापा र डाँडाबजार फुटबल क्लब धनकुटा गरी आट टिमको सहभागिता रहने छ । 

प्रतियोगिताको पुरस्कार राशी यसपटक वृद्धि गरिएको छ । यसपटक प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपियाँ प्राप्त गर्ने छ । 

विधागत उत्कृष्टलाई जनही १० हजार, हरेक खेलको म्यान अफ दी म्याचलाई ७५ सय रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो । धनकुटामा रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो ।