• १२ साउन २०८१, शनिबार

उपनिर्वाचन : इलाममा ७९ र बझाङमा ७४ मतदान स्थल

blog

काठमाडौं, चैत २३ गते । निर्वाचन आयोगले उपनिर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको छ । शुक्रबार आयोगलका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी देशभर १० हजार ८९२ मतदान स्थल कायम गरेको जानकारी दिनुभएको हो ।

उपनिर्वाचनका लागि इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै बझाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।