इलाम– २ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइँदै
आगामी वैशाख १५ गते हुने इलाम–२ को उप–निर्वाचनका मङ्गलबार उम्मेदवारहरुलाई चुनाव चिह्न दिइँदै छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय राखिएको छ ।
सदन अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखसहित शीर्ष नेताहरुको बैठक सुरु
सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहितको बैठक सुरु भएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
नाउपा दलको नेता बने कैलाश
नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा जारी विवादका क्रममा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संरक्षक रेसमलाल चौधरी पक्षीय सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्नु भएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन : उम्मेदवारी दर्ता आज
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा चैत २७ गते मङ्गलबार उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि बुधबार निर्वाचन हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार मङ्गलबार बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ । मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् ।
गण्डकी प्रदेश सरकार सुरक्षित छ : नेता गुरुङ
नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारको भविष्य सुरक्षित रहेको बताउनुभएको छ ।
एमाले–माओवादीद्वारा कोशी सरकारमा दाबी
कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सांसदहरूको समर्थनमा नियुक्त हुनुभएका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता माग्दै नेकपा (एमाले) ले प्रदेश प्रमुखसमक्ष निवेदन दिएपछि कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको हो ।
उन्नत प्रविधिको प्रयोगले देशलाई समृद्ध बनाउन सकिन्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषि तथा पशुपालन क्षेत्रमा आएको उन्नत प्रविधिको प्रयोग गरी प्रदेश तथा देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा घोडेजात्राको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सोमबार टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा सहभागी हुनुभएको छ ।
नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
मतदातालाई फकाउँदै सुहाङसहित उम्मेदवार
आइतबार हाट भर्न इलाम आइपुग्नुभएकी फाकफोकथुम –६ एकतप्पाकी ७३ वर्षीया कृष्णमाया मगरलाई यस पटक सुहाङ नेम्वाङ भेट्ने रहर थियो । ‘भोट त पहिला देखि नै सूर्यमा हालेको, सुबासले त गाउँमा धेरै काम गरे । सरकारले वृद्ध भत्ता दियो । अहिलेसम्म खान पाइएको छ’ मगरले भन्नुभयो, ‘अहिले छोरा आएको सुनेको थिएँ, आज भेट्न पाइयो ।’
आगामी बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्नेछु : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नाउपा प्रदेश सभा सदस्य गिरी पदमुक्त
सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा समानुपातिक सदस्य इन्दिरा गिरीलाई सोमबार (आज) पदमुक्त गर्नुभएको छ ।
एमाले हुम्लाको दशौं जिल्ला अधिवेशन तयारी पूरा
नेकपा (एमाले)को दशौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । जिल्लाका सात वटा गाउँपालिका ४४ वडामध्य ४३ वटा वडा कमिटीबाट नेकपा (एमाले)ले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट कार्य सम्पन्न भएपछि अधिवेशनको तयारी पूरा भएको हो ।
संसद बैठक विषयमा दलका नेतासँग सभामुखको परामर्श
सभामुख देवराज घिमिरेले संसद बैठकमा देखिएको उतारचढावलाई समाधान गर्न प्रधानमन्त्रीसहित प्रमुख चार दलका नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।
माओवादीका तीन मन्त्रीद्वारा राजीनामा
कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का तीन जना मन्त्रीले पदबाट राजीनामा गर्नुभएको छ ।
कोशी सरकारबाट माओवादी केन्द्र फिर्ता हुने
कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता हुने भएको छ । सरकारबाट फिर्ता हुने विषयमा संसदीय दलको बैठकमा छलफल भइरहेको र सम्भवत सोमबारै मन्त्रीहरूले पदबाट राजीनामा गर्ने तयारी छ ।
डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आह्वान गरेको छ ।
ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं : उद्योगमन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्र १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताउनुभएको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।
लुम्बिनी सरकारको प्रवक्तामा पुन
लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दीपेन्द्रकुमार पुन मगरलाई दिइएको छ । विना विभागिय मन्त्रीको रुपमा नियुक्त हुनुभएका मन्त्री पुनलाई सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।
जनतामा आशा जगाउने काम मात्र गर्छौं : मन्त्री गिरी
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताउनुभएको छ ।
संसद अवरुद्ध हुन नदिन सभामुख घिमिरेले नेताहरुसँग परामर्श गर्नुहुँदै
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ ।
उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित
इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।