• ११ असोज २०८१, शुक्रबार

ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं : उद्योगमन्त्री भण्डारी

blog

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २६ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्र १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताउनुभएको छ ।

सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौंमा भएको १८ औं वार्षिक साधरण सभामा उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले उद्योगमैत्री कानुन बनाएर अन्तिम चरणमा पुगाएको दाबी गर्नुभयो । सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएको सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको बताउनुभयो । 

उद्योगमन्त्री भण्डारीले समयाअनकुल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनुकुल अगाडि बढाउने बताउनुभयो । मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडिबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने चर्चा गर्नुभयो । उहाँले करको विषयमा उद्योगी व्यवसायीका असहमतिलाई नीतिगत रुपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिनुभयो । 

विश्वबजारसँग प्रतिष्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतमा बढी केन्द्रित वस्तुहरु उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गर्नुभयो । नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो । उहाँले उद्योग नीतिमा भएका अस्पष्टतालाई सरकारले चाँडै समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौं । त्यो प्रक्रियामा अगाडि बढेका छौं । यही संसद अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानुन संशोधनको प्रक्रियामा अगाडि बढाएका छौं ।’

सरकारले समयाअनुकुल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधनगरी ट्रेडका विषयलाई समयाअनुकुल अगाडि बढाउनु पर्ने र करका विषयहरु पनि रहेको उहाँले चर्चा गर्नुभयो । नेपालको प्राकृतिक सम्पदा, स्रोतहरुमा बढी केन्द्रित गर्नुपर्ने बताउनुभयो । बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याइरहेको पनि उहाँले चर्चा गर्नुभयो । स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न चाँडै कार्यविधि मन्त्रीपरिषद्बाट पास गरेर प्रधानमन्त्री नेपाली अभिवृद्धि कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो । 

मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रम ल्याउन लागेको पनि बताउनुभयो । उहाँले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।