• १९ वैशाख २०८१, बुधबार

संसद बैठक विषयमा दलका नेतासँग सभामुखको परामर्श

blog

सभामुख देवराज घिमिरेले संसद बैठकका विषयमा प्रमुख दलका नेताहरुसँग परामर्श गर्नुहुँदै । तस्विरः सभामुखको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २६ गते । सभामुख देवराज घिमिरेले संसद बैठकमा देखिएको उतारचढावलाई समाधान गर्न प्रधानमन्त्रीसहित प्रमुख चार दलका नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।

सभामुख घिमिरेको कार्यकक्ष सिंहदरवारमा सुरुभएको छलफलमा नेपाली काँग्रेसले चैत २७ गतेको बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि त्यसमा केन्द्रीत भएर छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ । 


छलफलमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतक हितराज पाण्डे, काँग्रेसबाट सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला सहभागी रहनुभएको छ ।

त्यस्तै, रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी रहनुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।


उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिँदैआएको छ । सो विषयमा कांग्रेसले आज पदाधिकारी बैठक बसेर सो विषयमा छलफल गरेको थियो । तर पूर्ववत माग कायम राख्ने निर्णय गरेको थियो ।