• १९ वैशाख २०८१, बुधबार

डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आह्वान

blog

काठमाडौं, चैत २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आह्वान गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पार्टीका कोशी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङले थेगिमलाई जिताउन तन, मन र धनले सहयोग गर्न आह्वान गर्नुभएको हो ।

थेगिम पहिचान र अधिकारवादी व्यक्तित्व, स्वतन्त्र तथा साझा उम्मेदवार भएको भन्दै नेता चेम्जोङले प्रदेशअन्तर्गतका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई अनुरोध गर्नुभएको जसपा केनद्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

पार्टीको कोशी प्रदेश समितिले निर्वाचनमा परिचालन हुन पार्टीपंक्तिलाई सर्कुलर गरेको छ ।जसपाले पहिचान पक्षधर उम्मेदवारलाई जिताउन आफ्नो उम्मेदवार नउठा डकेन्द्रसिंह थेगिमलाई समर्थन गरेको हो ।