• १९ वैशाख २०८१, बुधबार

माओवादीका तीन मन्त्रीद्वारा राजीनामा

blog

मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाउनुहुँदै माओवादी केन्द्रका मन्त्री । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, चैत २६ गते ।
कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का तीन जना मन्त्रीले पदबाट राजीनामा गर्नुभएको छ ।

सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री  गणेशप्रसाद उप्रेती र खानेपानी सिँचाइ तथा उर्जामन्त्री नारायण बुर्जा मगरले पदबाट राजीनामा दिनुभएको हो । उहाँहरूले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा दिनुभयो ।

नयाँ गठबन्धनबाट सरकार बनाउन सहमत भएपछि माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको बैठकले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने र त्यसभन्दा अगाडि मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।