फागुन २१ देखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ ।
बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएन : सांसद राणा
नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।
मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ्यो : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ ।सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।
संसद् आरोप प्रत्यारोपमै सीमित बन्याे : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् आरोप प्रत्यारोपमै सीमित बनेको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गर्नुभयो ।
प्रतिनिधि सभा बैठक : बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
प्रतिनिधि सभाका सांसदहरूले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
नेसंविको जग्गासम्बन्धी समस्या समाधान गर्न पहल गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ ।
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
कानुन र विकास निर्माणका कार्यलाई सँगै लैजानुपर्ने बाध्यता सांसदसँग छ : सांसद चौधरी
सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो । तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ । प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो ।
प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गर्नुभएको छ।
अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप काम गर्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप सरकारले पहल गर्ने बताउनुभएको छ।
विदेशमा नेपालीको पहिचान प्रवर्द्धन गर्न सुझाव
परराष्ट्रमन्त्री एनपी साउँदले नेपाली डायस्पोराले विदेशमा नेपालीको पहिचान र छविको प्रवर्धन मात्र नगरी मातृभूमि र कर्मभूमिबिच सेतुको रूपमा पनि काम गर्दैआएको बताउनुभएको छ ।
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ ।
मतदाता नामावली दर्ता स्थगित
निर्वाचन आयोगले मतदाता नामावली दर्ता स्थगित गरेको छ । प्रतिनिधि सभाको इलाम क्षेत्र–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचन आगामी वैशाख १५ गते गर्ने मिति तय भएसँगै आयोगले मतदाता नामावली दर्ता स्थगित गरेको हो ।
राजनीतिक दलसम्बन्धी विधेयक संसदमा प्रस्तुत
प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको छ ।
युवा पलायन रोक्न कानुन पर्याप्त भएन : गृहमन्त्री पाण्डेय
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले युवालाई रोक्न सरकारले बनाउने नीति र कानुन मात्रै पर्याप्त नहुने बताउनुभएको छ।
पार्टीलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व : नेता सिटौला
नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताउनुभएको छ ।
सरकारले सांसदको सुझावका आधारमा बजेट व्यवस्था गर्नुपर्छ : सांसद घिमिरे
नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सांसदहरूले दिएको सुझावको आधारमा बजेट बनाउन सरकारलाई दबाब दिनुभएको छ ।
प्रतिनिधि सभा बैठक : विविध विषयमा ध्यानाकर्षण
प्रतिनिधि सभा बैठकमा विशेष समयमा सांसदहरूले विविध विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचन
आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिनुभयो ।