• २१ वैशाख २०८१, शुक्रबार

अध्यक्ष दाहालद्वारा इदको शुभकामना

blog

काठमाडौं, चैत २९ गते । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व इद उल फित्र (इद) को शुभकामना दिनुभएको छ । 

यस पर्वले हामी सबैलाई त्याग, समर्पण, सहयोग र एकताको भावना पैदा गरी सामाजिक सांस्कृतिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समेत उहाँले शुभकामना सन्देशमा मार्फत बताउनुभएको छ । 

इद उल फित्र (इद) इस्लाम धर्मावलम्बीको सबैभन्दा ठुलो एवं महत्त्वपूर्ण पर्व हो। यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउने गरेको उहाँले बताउनुभयो ।