नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य चौधरी निलम्बित
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी नियमविपरित काम गरेको भन्दै चौधरीलाई निलम्बन गर्नुभएको हो ।
प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छ : पूर्वउपप्रधानमन्त्री निधि
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
इसिग्रेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्छ : सांसद पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इसिग्रेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ सङ्कल्प प्रस्ताव पेश
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ सङ्कल्प प्रस्ताव पेश भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद कमला पन्तले सो प्रस्ताव पेश गर्नुभएको हो ।
आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुने
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाउनुभएको छ ।
एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी [एमाले] नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
सरकारको स्थायित्वका लागि प्रणाली सुधार्नुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
गण्डकीका मुख्य न्यायाधीवक्ता अधिकारीको शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधीवक्ता कृष्णप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्र बचाउने अभियान सुरु भयो
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताउनुभएको छ।
स्रोत साधनको सही सदुपयोग गर्नुपर्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले स्रोत र साधनको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।
राजनीतिक अस्थिरताले राष्ट्रियता कमजोर हुँदै गयो : अध्यक्ष ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर भएको बताउनुभएको छ।
एमालेलाई हार्ने छुट छैन : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताउनुभएको छ ।
चिउरी र चमेरो संरक्षण कार्यक्रमका लागि सम्झौता
चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकारबिच सम्झौता भएको छ ।
राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताउनुभएको छ ।
गण्डकीमा थपिए दुई मन्त्रालय
गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या नौ पुगेको छ। यसअघि सात मन्त्रालय रहेकोमा मंगलबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आन्तरिक मामिला मन्त्रालयलाई अलग गरेको हो।
आगामी बजेटमा पूर्वले प्राथमिकता पाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताउनुभएको छ ।
‘इद पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति जगेर्ना गरेको छ’
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
छिट्टै वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याइने
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको अवरोध चाँडै समाधान हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएकोले चाँडै समाधान हुने बताउनुभएको छ ।
अध्यक्ष दाहालद्वारा इदको शुभकामना
सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व इद उल फित्र (इद) को शुभकामना दिनुभएको छ ।
राजतन्त्र चाहियो भन्नेसँग वार्ता हुँदैन : सञ्चारमन्त्री शर्मा
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजतन्त्र चाहियो भन्नेहरुसँग कुनै वार्ता नहुने बताउनुभएको छ । बुधबार प्रेस सेन्टर झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश : ‘दीर्घकालीन असर पर्ने काम नगर्नु’
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।