राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे मन्त्रीसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्नुभएको छ।
आउने निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्करर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई जनताले बहुमत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रदेश सभाको तेस्रो बैठक आह्वान
नवीन सुवेदीसुर्खेत, फागुन २० गते । कर्णाली प्रदेश सभाको दोस्रो अभिवेशनको तेस्रो बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले तेस्रो बैठकको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सरकार प्रवक्ता कृष्ण जिसीले जानकारी दिनुभएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१)० बमोजिम कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियारलाई सिफारिस गरिएको प्रवक्ता कृष्ण जिसीले बताउनुभयो । प्रदेश सभाको दोस्रो अधिवेशनको ३९ औं बैठक गत असोज २२ गते अन्त्य गरिएको थियो । करिब छ महिनापछि सरकारले सभाको तेस्रो बैठक आह्वान गरेको हो ।
सुर्खेतमा पहिलो महिला सम्मेलनको आयोजना
वीरेन्द्रनगर सुर्खेतमा प्रदेशकै पहिलो महिला सम्मेलनको आयोजना गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले सोमवारबाट वीरेन्द्रनगरमा महिला सम्मेलनको आयोजना गर्न लागेको हो । आयोजक नगरपालिका वीरेन्द्रनगरले अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ । सम्मेलनको उद्घाटन नेपालका प्रथम पूर्व महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।
भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीति जनताका लागि हुनुपर्ने बताउनुभएको छ । नेताहरूको कर्मले जनताका लागिभन्दा पनि आफू र परिवारका लागि काम गरेको देखिाएकाले त्यसले जनतालाई दुःखी बनाएको उहाँको भनाइ छ ।
हाम्रो संघीयता मौलिक छ, मिलेर संस्थागत गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता पूर्ण कार्यान्वयन गर्न सबैको साझा सहमति आवश्यक पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा पञ्चकोट अवलोकन (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शनिबार बागलुङको प्रशिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन र दर्शन गर्नुभएको छ ।
‘नेपालमा विकासको अभियान प्रारम्भ भयो’
अर्थमन्त्री डा.प्रकाशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताउनुभएको छ ।
चितवन घटनाको अनुसन्धान गर्न माग
चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको थियो ।
‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित’
जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ ।
बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
‘आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सरकार अघि बढेको छ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताउनुभएको छ ।
गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताउनुभएको छ ।
संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।
प्रधानमन्त्री बागलुङको पञ्चकोटमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बागलुङको पञ्चकोटमा आउनुभएको छ । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्त श्री ब्रह्माण्डीय महायज्ञको एघारौँ दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बागलुङ आउनुभएको हो ।
‘युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील’
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताउनुभएको छ ।
नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार
नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।
देश वृद्धाश्रम बन्ने खतरा
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताउनुभयो ।
संवैधानिक र कानुनीरुपमै कमजोर बन्यो राष्ट्रिय सभा
संविधान निर्माणका क्रममा राष्ट्रिय सभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो ।
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । शनिबार बस्ने लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी आउने कार्यक्रम तय भएको हो ।
‘सत्तारूढ गठबन्धनमा कुनै समस्या छैन’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताउनु भएको छ । सङ्घीय संसद् भवनमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट गर्नुभयो ।
नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ ।
अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा पर्न थालेको बताउनुभएको छ । अर्थतन्त्रको कठिनपूर्ण अवस्थाबाट देशले विस्तारै सकरात्मक दिसातर्फको बाटो समातेको उहाँको भनाइ छ ।
सभापति र उपसभापतिबिच बैठकपुस्तिका खोसाखोस
नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा सभापति र उपसभापति बिच बैठकपुस्तिका खोसाखोस भएको छ ।