अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ।
समीकरण ढाल्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । पछिल्लो समयमा बनेको नयाँ सत्ता समीकरण ढाल्न षडयन्त्र भइरहेको उहाँको भनाइ छ ।
निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ ।
प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत बुवा–आमाका लागि लगानी गर्नुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुवा आमाका लागि खर्च गर्नुपर्ने बताउनुभएको छ।
सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आव्हान
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दुई दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुनः आव्हान गर्नुभएको छ ।
तेस्रो देशका पर्यटक भित्र्याउन नाका खोल्न कूटनीतिक पहल आवश्यक छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको पूर्वी नाका काँकडभिट्टा तेस्रो देशका पर्यटकलाई नेपाल भित्र्याउन कूटनीतिक पहल गर्ने बताउनुभएको छ।
८२ जना शाखा अधिकृतको पदस्थापन (सूचीसहित)
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतको पदस्थापन गरेको छ । मङ्गलबार मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो ।
पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका(लोसपा) वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग
सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गर्नुभएको छ ।
राजनीतिक परिस्थितिको प्रभाव कानुन निर्माणमा छ : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानुन निर्माणमासमेत केही प्रभाव परेको बताउनुभएको छ ।
'समृद्ध नेपाल सुखी नेपाली' बनाउने अभियानमा एकताबद्ध भएर लाग्न निर्देशन
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानमा लाग्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
‘महालेखापरीक्षकको कार्यालयलाई सङ्घीयता अनुरूप पुनर्संरचना गर्छौँ’
प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई सङ्घीय शासन प्रणाली अनुरूप पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिममा समाजवादीको समर्थन फिर्ता
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी) ले मङ्गलबार फिर्ता लिएको छ ।
अध्यक्ष ओली इलाम आउनुहुँदै
वैशाख १५ को उपनिर्वाचन नजिकिंदै गर्दा इलाम –२ मा दलका केन्द्रीय नेताहरु केन्द्रित हुन थालेका छन् । निर्वाचनकै सिलसिलामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज इलाम आउँदै हुनुहुन्छ ।
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताउनुभएको छ ।
आत्मनन्द लिङ्देन आश्रममा कांग्रेस नेता डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मङ्गलबार किराँत धर्मगुरु आत्मनन्द लिङ्देनको आश्रममा पुग्नुभएको छ। उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुग्नुभएका कोइरालाले इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उहाँसँग भेट गर्नुभएको हो।
जनमत पार्टीको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित
चौथो पटक विश्वासको मतका लागि बोलाएको मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सभाको कार्य प्रारम्भमै जनमत पार्टीले अवरोध गरेपछि प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनु भएको छ ।
सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताउनुभएको छ । ‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’मा महामन्त्री थापाले विकासका सावलमा दलहरुबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताउनुभयो ।
रासायनिक मल उद्योग स्थापनामा लगानी गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
अन्तर्राष्ट्रिय समितिको बैठकको स्थगित
निर्धारित समयमा बैठक सुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिनुहुँदै
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। उहाँको १५ महिनाको कार्यवधिमा यो चौथो पटक विश्वासको मत लिँदै हुनुहुन्छ।