• १२ साउन २०८१, शनिबार

खेलकुदका लागि पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, वैशाख ४ गते। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाडौँमा १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो। 

उहाँले गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताउनुभयो। 


उहाँले देशको खेलकुदको एउटा मुख्य आधारका रूपमा यो प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय भएको बताउनुभयो। उहाँले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खलेको विकासमा सरकार र सरोकारवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

उहाँले खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी रहेको बताउनुभयो। उहाँले खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्त्वपूर्ण भूमिका हुन्छ। यति महत्त्वपूर्ण खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी छ। गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छ। देशको खेलकुदको एउटा मुख्य आधारका रूपमा यो प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय हो। खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खलेको विकासमा सरकार र सरोकारवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता छ। खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ। खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ।’


राष्ट्रपति पौडेलले खेलकुदमा लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्नु नै आजको आवश्यकता रहेको बताउनुभयो।