मन्त्रिपरिषद् बैठक : गोविन्दबहादुर कार्की बागमती प्रदेशको प्रमुख सचिव
सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई कायममुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सोडारीलाई बिहीबार साँझ मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो।
कोशी प्रदेश सभा बैठकमा सङ्कल्प प्रस्ताव पेस
कोशी प्रदेशसभाको आजकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सो प्रस्ताव पेस गर्नुभएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद विस्तार
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : सात मन्त्रीद्वारा शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको सङ्ख्या ११ पुगेको छ ।
व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु : गृहमन्त्री
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताउनु भएको छ ।
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
लुम्बिनीमा बिना विभागीय मन्त्री सातजना थपिए, आजै शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले थप ७ जना बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ।
गठबन्धनबाट एकीकृत समाजवादीका सोडारीको दाबी पेस
सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरण दलबाट मुख्यमन्त्रीमा नेकपा (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गर्नुभएको छ ।
उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो।
बझाङ (क)को उपनिर्वाचन : मतदाता फकाउन उम्मेदवार गाउँगाउँमा
बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरु गाउँ–गाउँ पुगेर मतदातासँग आफ्नो पक्षमा मत गर्न आग्रह गर्न थालेक छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी आज ५ बजेसम्म
सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरणमा भएका दल मिलेर आज बेलुका ५ बजेभित्र मुख्यमन्त्री पदको दाबी गर्ने समय निर्धारण गरिएको छ ।
राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको छ । बिहीबर राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा डा. शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो ।
एमाले अर्थसहित गृह लिएर सरकारमा जाने
लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले)ले दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा पठाउने गरी मन्त्रीहरूको नाम सिफारिस गरेको छ । आचार्य भने यस अघि नै मन्त्री बनिसक्नु भएको छ तर उहाँको जिम्मेवारी भने अहिलेसम्म तोकिएको छैन ।
कोशी प्रदेशसभाको विशेष अधिवेशन
कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गर्नुभएको थियो ।
‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’
अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ । संसद्को बिषयगत समितिको सभापति टुङ्गिएलगत्तै मुख्यमन्त्री महराले सरकार विस्तारको तयारी गर्नुभएको हो ।
युवा पलायन रोक्न उद्योग मैत्री नीतिगत व्यवस्था गर्न जरुरी: सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र स्थानीय स्तरमा रोजगार सिर्जना गर्नका लागि उद्योग तथा कलकारखाना मैत्री नीतिगत व्यवस्था गर्न जरुरी रहेको बताउनु भएको छ । आवश्यक ऐन कानुन बनाएर उद्यमीहरूलाई प्रोत्साहन गर्न सकेमा यसले रोजगारका अवसरहरू सिर्जना गर्ने बताउँदै उहाँले यस्तो बताउनु भएको हो ।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असारमा
नेकपा (एकीकृत समाजवादी)ले आगामी असार १६ देखि २० गते काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले असारमा सार्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द
जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बुधबार बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन असार १६ देखि २० गतेसम्म हुने
नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ।जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो।
अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त
अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरू पहिचान गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
पस्मिना उद्योग प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।