‘मिटरब्याजी पीडितलाई न्याय दिने प्रक्रिया कमजोर नहोस्’
निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताउनुभएको छ ।
एमाले अध्यक्ष ओली पञ्चकोटमा
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार बागलुङको प्रसिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेल पनि रहनुभएको छ ।
उपराष्ट्रपति यादव स्वागत समारोहमा
उपराष्ट्रपति रामसहायप्रसाद यादव बङ्गलादेशको त्रिपन्नौँ स्वतन्त्र दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
माओवादीद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।
मन्त्रिपरिषद् विस्तार, शपथ ग्रहण हुँदै
मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रीहरूको टुङ्गो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामावली आउनेक्रममा रहेको बताउनुभयो ।
सञ्चारमन्त्री शर्मालाई बिदाइमै फेरि शपथको निम्तो
नेकपा (माओवादी केन्द्र) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पुनः सञ्चारमन्त्री बनाउने भएको छ ।
रास्वपाबाट मन्त्रीमा चार जनाको नाम सिफारिस
राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषदमा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ । सो पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो । रासस
माओवादी केन्द्रद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मङ्गलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी पार्टीका तीन मन्त्रीलाई पदमुक्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको हो ।
बागमतीमा कांग्रेसका छ मन्त्रीले राजीनामा दिँदै
केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक उपक्रम
पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक उपक्रम हो । यो नयाँ गठबन्धनले छिमेकी मित्रराष्ट्र तथा विश्व समुदायसँग अझै घनिष्ठ सम्बन्ध कायम गरी आफ्नो कामकारबाही अगाडि बढाउँछ ।
माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
‘एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ’
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले)सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनुभएको छ ।
जसपा र जनमत आन्तरिक छलफलमा
पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो । बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरुले आफ्नो धारणा राख्नुभएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।
‘माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ’
नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।
कोशी प्रदेशलाई मध्यावधिको डर
केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलको असर प्रदेश सरकारहरुमा देखिन थालेको भए पनि संवैधानिक जटिलता र अनिश्चित गन्तव्यका कारण कोशी प्रदेशमा भने असर देखापरिसकेको छैन ।
माधव नेपाल निवास कोटेश्वर पुग्नुभयो देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।
नयाँ गठबन्धन : सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै वामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै भाव–सञ्चार भएको छ ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय हुनेछ ।
सङ्घीय राजनीतिको छाया : प्रदेशमा कतै मन्त्री बर्खास्त, कतै राजीनामा
सङ्घीय सरकारमा भएको सत्ता समीकरण परिवर्तनको असर सातै प्रदेश सरकारमा परेको छ । सङ्घीय संसद्मा जस्तै प्रदेश सभामा पनि त्रिशङ्कु संरचना रहेका कारण सङ्घीय गठबन्धन अनुसार नै बनेका सरकारमा मन्त्री हटाउने र राजीनामा दिने क्रम सुरु भइसकेको छ ।
नेसपाद्वारा छुट्टै दलको मान्यता माग
छुट्टै राजनीतिक दलको मान्यता माग गर्दै नेपाल समाजवादी पार्टी (नेसपा) ले सङ्घीय संसद्मा निवेदन दिएको छ । माघ २८ गते नै दलको पत्र संसद् सचिवालयमा प्राप्त भएको थियो । जनता समाजवादी पार्टीबाट विभाजन भई डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित नेसपा नेकपा (माओवादी केन्द्र) सँग एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिएको थियो ।
नेकपा एस सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक
नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ ।
बागमती प्रदेशमा नयाँ सत्ता समीकरणका लागि सकस
केन्द्रमा सत्ता गठबन्धन टुटेसँगै बागमती प्रदेशको नयाँ सरकार निर्माणको लागि सत्ता समीकरणको चर्चा सुरु भएको छ ।
कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो।