प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
नवगठित मन्त्रिपरिषद् बैठक : यी हुन दुई निर्णय
नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।
प्रदेश प्रमुखद्वारा मन्त्रीपरिषद्को कार्य विभाजन
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशमा मौजुदा मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नु भएको छ ।
काँग्रेस संसदीय दलको बैठक बस्दै
आज काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा संसदमा प्रश्तुत हुने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।
आज प्रतिनिधि र राष्ट्रिय सभा बैठक बस्दै
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि तय भएको छ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१७ बजे बस्ने गरी तय भएको छ ।
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाही पदमुक्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एकीकृत समाजवादी) का मन्त्रीलाई पनि पदमुक्त गर्नु भएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
मन्त्री अधिकारीद्वारा पदबहालीः भूमि व्यवस्था र सहकारी क्षेत्रमा सुधार गर्छु
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताउनुभएको छ ।
छिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध: उपप्रधानमन्त्री श्रेष्ठ
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौँः पर्यटनमन्त्री तामाङ
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ ९इयू०ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गर्नुभएको छ ।
सङ्घीयता कार्यान्वयका लागि आवश्यक कानुन बनाउँछु: कानुन मन्त्री गिरी
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताउनुभएको छ ।
मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छः खानेपानीमन्त्री राई
नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हडपिएका जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन
नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ ।
अब काममा ढिलाइ हुने छैन : उपप्रधानमन्त्री महासेठ
नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब काममा ढिलाइ नहुने बताउनुभएको छ ।
नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना अध्ययन हुने
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शपथ लगत्तै सिंदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
२० सदस्यीय प्रचण्ड मन्त्रिपरिषद् : कुन पार्टीबाट को मन्त्री ?
बुधबार २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बन्नुभएको छ । तीन उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठ पहिलो वरियतामा हुनुहुन्छ । एमालेले उपप्रधानसहित आठ, माओवादीले प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित ६, रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार र नेकपा (एस)ले दुई मन्त्रालय पाएका छन् ।
मन्त्रिपरिषद् विस्तार : नवनियुक्त मन्त्रीको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
नेकपा एसबाट जोशी र बुढा मन्त्री बन्ने
नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने हुनुभएको हो ।
निवर्तमान गृहमन्त्री श्रेष्ठ नेतृत्वका २१ महत्त्वपूर्ण कार्य
निवर्तमान उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो कार्यकालमा २१ वटा महत्त्वपूर्ण कार्य गरेको जानकारी दिनुभएको छ ।
प्रदेश प्रमुख शर्मा समक्ष दलित आयोगको प्रतिवेदन
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७९/०८० को तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ ।
पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ: अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोट धार्मिक पर्यटकीयस्थलका रूपमा देश विदेशमा परिचित भएकाले यसलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
‘डिजिटल कर्णाली’ बनाउन १४ बुँदे प्रतिबद्धता
वि.सं २०७४ माघ ६ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारले कर्णालीलाई ‘डिजिटल प्रदेश’ बनाउने भन्दै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णयबाट एक समिति बनाइएको थियो ।
सरकारमा सहभागी हुन नेकपा एस सकारात्मक
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णीत भएको छ । बुधबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरी नसकेको बताएको हो ।