• २२ वैशाख २०८१, शनिबार

एमाले अध्यक्ष ओली अस्वस्थ

blog

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौँ, वैशाख ९ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ। 

ललितपुरको गोदावरीस्थित शनिबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आइतबार अध्यक्ष ओली उपस्थित हुनु भएन। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार अस्वस्थ भएपछि उहाँ बैठकमा उपस्थित नहुनु भएको हो। 

उहाँले भन्नुभयो, “अध्यक्षज्यूलाई रुघाले सतायो। हिजो बोल्दा पनि गाह्रो अवस्था थियो। दुई घण्टा ७ मिनेट जति बोल्नुभयो। आज आउन सक्नुभएन।”

उहाँले जारी बैठकमा प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पास भएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “३६ वटा समूहमा प्रत्येकले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो। धेरै खण्डन आएको छैन। प्रतिवेदन सर्वसम्मतले पास भयो।”

अब केहीबेरपछिको सानो कार्यक्रम पश्चात् बैठक सम्पन्न हुने उहाँको भनाइ छ।